कीवर्डहरू -

शुन्य प्रतिशत ईएमआईमा अब रियलमीका फोन किन्न सकिने

शुन्य प्रतिशत ईएमआईमा अब रियलमीका फोन किन्न सकिने

रियलमीले प्रिमियम स्मार्टफोनहरूलाई नेपालभरका प्रयोगकर्ताहरूका लागि थप पहुँचयोग्य बनाउन इन्स्टान्ट फाइनान्स योजना ल्याएको छ । यस योजना अन्तर्गत प्रयोगकर्ताहरूले शुन्य प्रतिशत ईएमआईमा केवल आफ्नो नागरिकता प्रमाणपत्र पेश गरेर बिना झन्झट सजिलो र सुविधाजनक मासिक किस्तामा रियलमी स्मार्टफोन किन्न सक्नेछन् ।

रियलमीको यस योजनामा गुडविल फाइनान्स लिमिटेड र जगदम्बा हायर पर्चेजले प्रयोगकर्ताहरूलाई थप सुविधा सम्पन्न स्मार्टफोनहरू सजिलैसँग प्राप्त गर्ने अवसर प्रदान गरेको छ । यो योजना अन्तर्गत, प्रयोगकर्ताहरूले रियलमीका लोकप्रिय मोडलहरू छनौट गर्न सक्नेछन् ।

३३ हजार ९९९ रुपैयाँ मूल्य रहेको नार्जो ७० प्रो १३ हजार५९९ रुपैयाँको डाउन पेमेन्टमा र १ हजार ६९९ रुपैयाँको मासिक किस्तामा उपलब्ध रहेको छ । त्यस्तै थप बजेट–अनुकूल विकल्प खोज्नेहरूका लागि, रियलमी सि७५ (८+१२८जीबी स्टोरेज) २६ हजार ९९९ रूपैयाँमा उपलब्ध छ, जसमा १० हजार ७९९ हजारको डाउन पेमेन्ट र १ हजार ३४९ हजारको मासिक किस्तामा उपलब्ध छ ।

त्यसैगरी वैकल्पिक रूपमा, ८ जीबी ¥याम र २५६ जीबी स्टोरेज भएको सि ७५ २९ हजार ९९९ रूपैयाँमा खरिद गर्न सकिन्छ, जसको डाउन पेमेन्ट ११ हजार ९९९ रुपैयाँ र मासिक भुक्तानी केवल १,४९९ रुपैयाँ मात्र हुन्छ ।

विशेष गरी यो योजना पूर्ण रकम अग्रिम भुक्तान नगरी अत्याधुनिक सुविधा भएको स्मार्टफोन खरिद गर्न चाहने युवा प्रयोगकर्ताहरू, विद्यार्थीहरू र पहिलो पटक स्मार्टफोन खरिदकर्ताहरूका लागि उपयुक्त रहेको छ । यो योजना अब देशभरका आधिकारिक रिटेल स्टोरहरूमा उपलब्ध रहेको छ ।