कीवर्डहरू -

रेडमी नोट १५ नेपाली बजारमा सार्वजनिक, कति छ मूल्य ?

रेडमी नोट १५ नेपाली बजारमा सार्वजनिक, कति छ मूल्य ?

विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्नो नयाँ स्मार्टफोन रेडमी नोट १५ नेपाली बजारमा सार्वजनिक गरेको छ। आकर्षक डिजाइन, मजबुत टाइटन–टफ बनावट, उत्कृष्ट कार्यसम्पादन, उन्नत एआई फिचर र अत्याधुनिक सुरक्षा प्रविधिसहित यो स्मार्टफोन नेपालभर उपलब्ध छ। 

६,००० एमएएच क्षमताको शक्तिशाली ब्याट्री, ३३ वाट टर्बो चार्जिङ र १८ वाट रिभर्स चार्जिङ सपोर्टका कारण यसले लामो समयसम्म भरपर्दो प्रयोग सुनिश्चित गर्छ। स्मार्ट चार्जिङ इन्जिनले ब्याट्रीको स्वास्थ्य र कार्यक्षमता व्यवस्थापन गर्ने भएकाले ६ वर्षभन्दा बढी टिकाउ प्रयोग सम्भव हुने कम्पनीको दाबी छ।

Glacier Blue, Purple, Forest Green र Black रङमा उपलब्ध रेडमी नोट १५ मा IP64 डस्ट तथा वाटर रेसिस्टेन्स, Wet Touch Technology 2.0 र १.८ मिटर ड्रप–रेजिस्टेन्ट अल्ट्रा–ड्युरेबल डिस्प्ले दिइएको छ। फोटोग्राफीका लागि १०८ मेगापिक्सेल मुख्य क्यामेरा, ३ एक्स अप्टिकल टेलिफोटो क्यामेरा र २० मेगापिक्सेल फ्रन्ट क्यामेरा समावेश गरिएको छ भने डल्बी एटमस र हाई रेस सपोर्टसहितको डुअल स्पिकरले उत्कृष्ट अडियो अनुभव प्रदान गर्छ।

यो स्मार्टफोन साओमी हाइपर ओएसमा आधारित ६ एनएम मिडिया टेक हेलियो जी १०० अल्ट्रा चिपसेटद्वारा सञ्चालित छ, जसमा अधिकतम ८ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज उपलब्ध छ। 
एआई इरेज, एआई स्काइ, गूगल जेमिनाई र सर्कल टु सर्च जस्ता स्मार्ट एआई फिचरले प्रयोगकर्ता अनुभवलाई अझ सहज बनाउँछ। ६.७७-इन्च एमोलेड डिस्प्लेमा १२० हर्ज रिफ्रेस रेट र ३,२०० निट्ससम्मको पिक ब्राइटनेस रहेको छ। सुरक्षाका लागि इन-डिस्प्ले फिङ्गरप्रिन्ट र एआई फेस अनलक सुविधा दिइएको छ। 

टाइटान डयुआरबिलिटीमा अवधारणामा आधारित रेडमी नोट १५ नेपालमा टेलिडाइरेक्ट र बतसल इम्पेक्सका आधिकारिक डिलरमार्फत उपलब्ध छ, जसको ६ जीबी र्‍याम प्लस १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य २९ हजार ९९९ रूपैयाँ र ८ जीबी र्‍याम प्लस २५६ जीबी भेरियन्टको मूल्य ३५ हजार ९९९ रूपैयाँ तोकिएको छ।