कीवर्डहरू -

‘राइड शेयरिङलाई रोक्नु हुँदैन्, सर्वसाधारणले यातायातका साधन रोजेर प्रयोग गर्न पाउनु पर्छ’

‘राइड शेयरिङलाई रोक्नु हुँदैन्, सर्वसाधारणले यातायातका साधन रोजेर प्रयोग गर्न पाउनु पर्छ’

सासंद एवं पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राइड शेयरिङलाई रोक्नुको साटो व्यवस्थित रूपमा नियमन गर्नुपर्ने बताएका छन् । ललितपुरमा आयोजित एक कार्यक्रममा ज्वालाले राइड शेयरिङलाई व्यवस्थित रूपमा नियमन गर्नुपर्ने बताएका हुन् । 

‘प्रतिस्पर्धाको समयमा सर्वसाधारणले यातायातका साधन रोजेर प्रयोग गर्न पाउनु पर्छ,’ उनले भने, ‘प्रतिस्पर्धाको युगमा यातायातको क्षेत्रमा सिन्डिकेट हुनु हुँदैन् ।’ 

उनले अगाडि भने, ‘सार्वजनिक यातायातका साधनहरू पनि सुरक्षित हुनुपर्छ त्यहाँ पनि लगानी छ । त्यहाँ पनि श्रमिकाहरु छन् तिनीहरुको पनि रोजगारी सुरक्षा हुनुपर्छ । अर्को तिर अहिलेको नयाँ प्रविधि प्रयोग गरेर आएका नयाँ राइड शेयरिङहरूलाई पनि खुला गर्नुपर्छ ।’

समग्र सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका निम्ति सार्वजनिक यातायातका साधन र राइट सेयरिङ सबैलाई व्यवस्थित तथा नियमन गर्न संघीय सरकारले छिटो भन्दा छिटो कानुन बनाउनु पर्ने उनको भनाइ छ । 

‘राइड शेयरिङले रोजगारी सिर्जना गरेको छ । मानिसहरूलाई सहज रूपमा गन्तव्यमा जान सहयोग गरेको छ,’ संसदको पूर्वाधार विकास समितिको सदस्य समेत रहेका सांसद ज्वालाले भने, ‘राइड शेयरिङलाई थप सुरक्षित, भरपर्दो र विश्वसनीय बनाउनु सञ्चालकहरूलाई मेरो आग्रह छ ।’