सामसङले नयाँ एआई–ड्रिभन स्मार्टफोन अनुभव ल्याउने संकेत गर्दै टिजरहरूको शृङ्खला सार्वजनिक गरेको छ। आधिकारिक विवरण खुलाइएको छैन, तर सार्वजनिक गरिएका संकेतहरूले स्मार्टफोन प्रयोग अनुभवमै परिवर्तन ल्याउने प्रविधि आउन सक्ने अनुमान गरिएको छ।
एक टिजरमा डिस्प्ले इन्टेलिजेन्स वा डिभाइस–भित्रै सञ्चालन हुने एआईसँग सम्बन्धित फिचरको झल्को दिइएको छ भने अर्कोले सामसङको लोकप्रिय नाइटोग्राफी क्यामेरा फिचरमा सम्भावित अपग्रेड हुने संकेत गरेको छ। यी संकेतसँगै प्रयोगकर्ता र प्रविधि समुदायमा नयाँ उत्पादनबारे चर्चा सुरु भएको छ।
कम्पनीले नेपालमा आफ्ना ग्यालेक्सी फ्ल्यागसिप स्मार्टफोनको सफलतालाई आधार बनाउँदै दैनिक प्रयोगलाई अझ सहज र स्मार्ट बनाउने दिशामा काम गरिरहेको बताइएको छ।
टिजरमा देखिएको अवधारणा अन–डिभाइस एआईद्वारा सञ्चालित इन्टेलिजेन्ट डिस्प्ले लेयरमा केन्द्रित रहेको अनुमान गरिएको छ, जसले कन्टेन्टलाई रियल–टाइममा प्रयोगकर्ताको व्यवहारअनुसार अनुकूलन गर्नेछ। यसले प्रयोगकर्ताले स्क्रिन हेर्ने, अन्तरक्रिया गर्ने र सामग्रीमा संलग्न हुने तरिका अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
त्यस्तै, अन–स्क्रिन प्राइभेसीका लागि नयाँ दृष्टिकोण पनि ल्याइने सम्भावना देखिएको छ। उन्नत डिस्प्ले प्रविधि र अन–डिभाइस इन्टेलिजेन्सको प्रयोगमार्फत एआई–संचालित प्राइभेसी तह विकास भइरहेको अनुमान गरिएको छ, जसले चलायमान जीवनशैली भएका प्रयोगकर्तालाई लक्षित गर्नेछ।
आईसीटी समाचार