कीवर्डहरू -

नेपालमा सामसङको ग्यालेक्सी बड्स कोर सार्वजनिक, मूल्य ७ हजार ३९९ रूपैयाँ

नेपालमा सामसङको ग्यालेक्सी बड्स कोर सार्वजनिक, मूल्य ७ हजार ३९९ रूपैयाँ

सामसङले आफ्नो सबैभन्दा किफायती ट्रू वायरलेस इयरफोन ग्यालेक्सी बड्स कोर नेपाली बजारमा सार्वजनिक गरेको छ । बड्समा दैनिक उपयोगका लागि डिजाइन गरिएका छन्, जसले प्रिमियम फिचरहरू जस्तै उत्क्रिष्ट साउन्ड, एक्टिभ न्वाइज क्यान्सिलेसन (एएनसी), र ग्यालेक्सी एआईको इन्टरप्रिटर मात्र ७ हजार ३९९ रूपैयाँ तोकिएको छ । 

कालो र सेतो रंगमा उपलब्ध ग्यालेक्सी बड्स कोर नेपालभर सामसङका आधिकारिक बिक्रेताहरू बाट बिक्री हुनेछ। यसले डायनामिक ड्राइभरहरूको प्रयोग गरी डिप इमर्सिभ साउन्ड तथा शक्तिशाली बास प्रदान गर्दछ ।

एएनसी र कल न्वाइज रिडक्सनको साथमा, प्रयोगकर्ताहरूले धेरै हल्ला भएको ठाउँमा पनि स्पष्ट सँग कुरा गर्न सक्छन् । तीनवटा माइक प्रणालीले उत्कृष्ट भोकल स्पष्टता सुनिश्चित गर्छ, जसले यी इयरबड्सलाई फोन कल, संगीत, वा मिटिङका लागि एक्दम उपयुक्त बनाउँछ।

प्रत्येक इयरबडमा सुरक्षित र सहज विङटिप्स छन्, जसले कठिन गतिविधिहरूको क्रममा पनि आरामदायी महसुस गराउँछ। यसको प्रमुख फिचरहरू मध्ये एक हो, ग्यालेक्सी एआई इन्टरप्रिटर, जसले आमने सामने कुराकानीको क्रममा दुईतर्फी रियल-टाइम अनुवाद प्रदान गर्छ। तपाईं आफ्नै भाषामा बोल्नुहोस्, र इयरबड्सले त्यसलाई तुरुन्तै अनुवादित उत्तर प्रदान गर्नेछ ।

दैनिक जीवनका लागि सुविधा सम्पन्न

  • संगीत, कल, र भ्वाइस असिस्टेन्टका लागि टच कन्ट्रोल
  • उपकरणहरूबीच सजिलै स्विच गर्नको लागि अटो स्विच र मल्टि-डिभाइस कनेक्टिभिटी
  • सामसङ फाइन्ड एपमार्फत फाइन्ड माई इयरबड्स
  • IP54 रेटिंगका साथ पानी र धुलो प्रतिरोधी
  • स्थिर र छिटो कनेक्टिभिटीको लागि ब्लुटुथ ५.४
  • चार्जिङ केससहित ३५ घण्टासम्मको ब्याट्री लाईफ (एएनसीको साथमा २० घण्टा)