कीवर्डहरू -

सामसङ नेपालद्वारा ‘स्मार्ट घर, स्मार्ट सुरुवात’ अभियान घोषणा: २४ महिनाको किस्ता, निश्चित उपहार र छुट सहित

सामसङ नेपालद्वारा ‘स्मार्ट घर, स्मार्ट सुरुवात’ अभियान घोषणा: २४ महिनाको किस्ता, निश्चित उपहार र छुट सहित

नेपालको अग्रणी प्रविधि कम्पनी सामसङले नयाँ वर्ष २०८३ को अवसर पारेर ‘स्मार्ट घर, स्मार्ट सुरुवात’ अभियान सुरु गरेको छ। यो अभियान २०२६ अप्रिल १ देखि मे १४ सम्म सञ्चालन हुनेछ। यस अवधिमा विश्वकै नम्बर १ भिजन एआई टिभी र बेस्पोक एआई होम एप्लायन्सेजका नवीनतम उत्पादनहरूमा आकर्षक छुट, निश्चित उपहार र लचिलो किस्ता सुविधा उपलब्ध हुनेछ।

अभियानअन्तर्गत सामसुङले टिभीमा २५ प्रतिशतसम्म, वासिङ मेसिनमा २३ प्रतिशतसम्म र रेफ्रिजरेटरमा १७ प्रतिशतसम्म छुट प्रदान गर्दैछ। यो नयाँ वर्षको सुरुवातलाई स्मार्ट र सहज बनाउने उत्कृष्ट अवसर रहेको कम्पनीले जनाएको छ।

निश्चित टिभी मोडल खरिद गर्ने ग्राहकहरूले १२ महिनासम्मको नि:शुल्क नेटटिभी प्याकेज (मूल्य तीन हजार रुपैयाँसम्म) प्राप्त गर्न सक्नेछन्। त्यस्तै, चुनिएका वासिङ मेसिनका मोडलहरूमा ६ केजीको सर्फ एक्सेल म्याटिक नि:शुल्क प्रदान गरिनेछ।

टिभीमा उपलब्ध अफरहरू:

सेग्मेन्ट इन्च क्यासब्याक (अधिकतम) निश्चित उपहार
क्युल्ड ५५" - ८५" २५% १२ महिना नि:शुल्क नेटटिभी प्याकेज
यूएचडी ४३" - ६५" १०% १२ महिना नि:शुल्क नेटटिभी प्याकेज
एफएचडी ४३" ७% ६ महिना नि:शुल्क नेटटिभी प्याकेज
एचडी ३२" २१% ६ महिना नि:शुल्क नेटटिभी प्याकेज

वासिङ मेसिनमा उपलब्ध अफरहरू:

सेग्मेन्ट क्षमता क्यासब्याक (अधिकतम) निश्चित उपहार
एआई इकोबबल वासर ड्रायर ९ - ११ केजी २३% सर्फ एक्सेल म्याटिक ६ केजी
एआई इकोबबल फ्रन्ट लोड ९ - १२ केजी २०% सर्फ एक्सेल म्याटिक ६ केजी (WW90DG5U24AXIM मा लागू नहुने)
फुल्ली अटोमेटिक टप लोड ८ केजी १२% -
सेमी अटोमेटिक टप लोड ७ केजी १२% -

रेफ्रिजरेटरमा उपलब्ध अफरहरू:

सेग्मेन्ट क्षमता क्यासब्याक (अधिकतम)
एसबीएस ७०० लिटर ११%
५ इन १ ३५० - ४१९ लिटर १६%
डबल डोर २५३ - २७५ लिटर १७%
सिंगल डोर १९२ - २३० लिटर १५%

सामसुङको प्रिमियम टिभी तथा गृह उपकरणहरू अब नयाँ २४ महिने किस्ता योजनासहित थप किफायती बनेका छन्। ग्राहकहरूले ५० हजार रुपैयाँभन्दा माथिका उत्पादनहरूमा ४० प्रतिशत डाउन पेमेन्टमा सजिलै अपग्रेड गर्न सक्नेछन्। यो नयाँ योजनाले मासिक किस्ताको रकम १२ महिने किस्ताको तुलनामा लगभग आधाले घटाएको छ, जसले अधिकतम लचिलोपन प्रदान गर्दछ।

सामसुङ इन्स्टा फाइनान्स सेवा (हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा संचालित) अन्तर्गत ग्राहकहरूले १२ महिने किस्ता योजनामा शून्य प्रतिशत ब्याजदरमा उपकरण खरिद गर्न सक्नेछन्। भने २४ महिने किस्ता विकल्पमा ७.९९ प्रतिशत अतिरिक्त ब्याज लाग्नेछ।

नयाँ सामसुङ टिभी तथा गृह उपकरणहरूमा अपग्रेड गर्न चाहने ग्राहकहरूले आर्को स्टोर वा नेपालभर रहेका अधिकृत सामसुङ खुद्रा पसलहरूमार्फत आफ्ना पुराना उपकरणहरू एक्सचेन्ज गर्न सक्नेछन्। थप अफर विवरणका लागि ग्राहकहरूले आफ्नो नजिकको सामसुङ अधिकृत स्टोरमा जान सक्नेछन्।