सामसङ नेपालले ग्यालेक्सी बड्सथ्री एफई सार्वजनिक गरेको छ । यसमा फ्ल्यागशिपस्तरका सुविधाहरू रहेको कम्पनीको भनाइ छ ।
नवीनतम ग्यालेक्सी एआई एकीकरण र आइकोनिक ब्लेड डिजाइनसहित, बड्सथ्री एफईले ग्यालेक्सी इकोसिस्टम अन्तर्गत अडियो नवप्रवर्तनको नयाँ युगको सुरुवात गरेको छ ।
यो उपकरण अहिले तपाईंको नजिकको सामसुङ स्टोरमा १९ हजार ९९९ रूपैयाँमा उपलब्ध छ । ग्यालेक्सी बड्सथ्री एफईलाई उत्कृष्ट मूल्यमा शक्तिशाली ध्वनि र परिष्कृत सुविधाहरू प्रदान गर्न इन्जिनियर गरिएको छ ।
ठूलो स्पिकर, उन्नत एक्टिभ न्वाइज क्यान्सिलेसन र क्रिस्टल क्लियर कल टेक्नोलोजी — जसले मेसिन लर्निङद्वारा शोरयुक्त वातावरणमा समेत प्रयोगकर्ताको आवाजलाई अलग पार्छ ।
ग्यालेक्सी इकोसिस्टमसँग सहज रूपमा एकीकृत हुन डिजाइन गरिएका बड्सथ्री एफईले अटो स्वीच समर्थन गर्छ, जसले ग्यालेक्सी उपकरणहरू बीच छिटो रूपान्तरण गर्न अनुमति दिन्छ ।
साथै, एप–रहित नियन्त्रण र तीव्र कनेक्टिभिटीका कारण संगीत सुन्ने, कल गर्ने वा अन्तर्राष्ट्रिय यात्रा गर्दा समेत तपाईं सधैं जोडिएका, केन्द्रित र नियन्त्रणमा रहन सक्नुहुन्छ ।
सामसङ नेपालका एमएक्स डिभिजनका डाईरेक्टर, प्रणय रत्न स्थापित भन्छन् — ग्यालेक्सी बड्सथ्री एफईमार्फत हामी ग्यालेक्सी AI र स्मार्ट अडियोको शक्ति अझ बढी प्रयोगकर्तासम्म पुर्याउँदैछौं — आकर्षक डिजाइन र पहुँचयोग्य रूपमा । यो बिना सम्झौता सुन्ने, अन्तरक्रिया गर्ने र अनुभव गर्ने स्वतन्त्रता प्रदान गर्नका लागि हो ।
ग्यालेक्सी बड्सथ्री एफई अहिले देशभरका अधिकृत सामसुङ खुद्रा स्टोरहरूमा उपलब्ध छन्। साथै, सामसङ इन्स्टा फाइनान्स सेवामार्फत ग्राहकहरूले ०% ब्याजदरमा सजिलो ईएमआई विकल्प सहित नयाँ उपकरणहरू प्राप्त गर्न सक्नेछन्।
आईसीटी समाचार