कीवर्डहरू -

ग्यालेक्सी ट्याब एस११ नेपालमा, क्रिएटिभिटी र प्रोडकटिभिटीको लागि प्रिमियम सुविधा

ग्यालेक्सी ट्याब एस११ नेपालमा, क्रिएटिभिटी र प्रोडकटिभिटीको लागि प्रिमियम सुविधा

सामसङ नेपालले ग्यालेक्सी ट्याब एस११ नेपाली बजारमा सार्वजनिक गरेको छ । ग्यालेक्सी एआई र वान युआई ८ द्वारा संचालित, ट्याब एस ११ ले शक्तिशाली प्रदर्शन र आकर्षक तथा अत्यन्त पातलो डिजाइन संयोजन गर्दै सहज क्रिएटिभिटी र प्रोडकटिभिटीको अनुभव दिने कम्पनीको भनाइ छ ।

यो ट्याबको मूल्य १ लाख २९ हजार ९९९ रूपैयाँ तोकिएको छ । ट्याबमा १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेज रहेको छ ।  सहज क्रिएटिभिटी र प्रोडकटिभिटीका लागि डिजाइन गरिएको ट्याब एस११ मा वान युआई ८ भित्र नै बहुआयामिक ग्यालेक्सी एआई क्षमता निर्मित गरिएको छ, जसले लेख्ने, कोर्ने, मल्टिटास्क गर्ने वा विचार आदान–प्रदान गर्ने कार्यहरूलाई अझ सहज र प्राकृतिक बनाउँछ । 

रियल–टाइम स्क्रिन शेयरिङ, ड्रइङ एसिस्ट र सर्कल टु सर्च जस्ता सुविधा पनि छन् । ग्यालेक्सी ट्याब एस११ मा ११.० इन्चको उच्च– डेफिनिशन डायनामिक डिस्प्ले र अत्याधुनिक ३ एनएम प्रोसेसर रहेको छ, जसले स्मूथ परफर्मेन्स, ऊर्जा दक्षता र प्रोफेशनल–ग्रेड भिजुअल प्रदान गर्छ । 

यसको अल्ट्रा–स्लिम, हल्का तौलको डिजाइन र सुधारिएको एस पेनमा थपिएको एर्गोनोमिक टिल्ट सेन्सिङ र नियन्त्रण क्षमताले यात्रामा समेत मल्टिटास्किङका लागि आदर्श उपकरण बनेको छ।
थप प्रोडकटिभिटी सुधारहरूमा नयाँ सामसङ डेस्क एक्टेन्डेस मोड पनि समावेश छ, जसले ट्याब एस११ र बाह्य मोनिटरलाई डुअल–स्क्रिन कार्यक्षेत्रमा रूपान्तरण गर्छ । 

साथै, यसमा बहुविध कस्टमाइज गर्न सकिने कार्यक्षेत्रहरूको समर्थन पनि छ । गुड नोट्स, क्लिप स्टुडियो पेन्ट, लुमा फेसन र नोसन जस्ता लोकप्रिय क्रिएटिभ र प्रोडकटिभ एपहरूसँगको अनुकूलताले ट्याब एस ११ लाई सिर्जनाकर्मी, पेशेवर र विद्यार्थीहरूका लागि बहुपयोगी हुने कम्पनीले जनाएको छ ।

सामसङ नेपालका एमएक्स डिभीजनका डाईरेक्टर, प्रणय रत्न स्थापितले ग्यालेक्सी ट्याब एस११ मार्फत नेपालका युवा प्रोफेसनल र सिर्जनाकर्मीहरूलाई प्रिमियम अनुभव र आधुनिक सिर्जनशीलताको पुल बन्ने उपकरण प्रदान गर्न खोजेको बताए । ‘यो तपाईंलाई जहाँ भए पनि ठूला सोच, स्मार्ट काम र अझ बढी अभिव्यक्ति गर्न सक्षम बनाउने गरी डिजाइन गरिएको हो,’ उनले भने । 

ग्यालेक्सी ट्याब एस ११ अहिले देशभरका अधिकृत सामसुङ खुद्रा स्टोरहरूमा उपलब्ध छ । साथै, हुलास फिनसर्भ हायर पर्चेचद्वारा संचालित सामसङ इन्स्ट्यान्ट फाइनान्स सेवाबाट शुन्य प्रतिशत ब्याजदरमा ईएमआईमा खरिद गर्न सकिन्छ ।