नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपाल राष्ट्र बैंकको ‘ख’ वर्गको इजाजतपत्र प्राप्त विकास बैंक सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबिच एससीटी युपीआई कार्ड जारी गर्नका लागि सम्झौता सम्पन्न भएको छ ।
असार १२, २०८२ मा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको कार्यलयमा आयोजित कार्यक्रममा स्मार्ट च्वाईस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले सम्झौता पत्र आदानप्रदान भएको हो । यस सम्झौता पश्चात सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूले आउने दिनहरूमा सजिलै बैंकबाट आफ्नो लागि एससीटी युपीआई कार्ड लिन सक्ने छन् ।
एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी युपीआई कार्ड जारी गर्दै आइरहेको छ । आफ्नै कार्ड स्विचिंग संरचना स्मार्ट स्विचमार्फत एससीटी युपीआई कार्ड र भिसा कार्ड जारी गर्ने तथा युनियन पे, भिसा, रूपे, मास्टरकार्ड तथा डिस्कभरी कार्ड स्वीकार गरि कार्ड मार्फत हुने कारोबारको सेवा प्रदान गर्दै आएको छ ।