कीवर्डहरू -

वैशाख ९ र १० गते सुर्खेतमा डिजिटल कर्णाली कन्क्लेभ हुँदै, डिजिटल इनिसिएटिभ्स पनि शोकेस हुने

वैशाख ९ र १० गते सुर्खेतमा डिजिटल कर्णाली कन्क्लेभ हुँदै, डिजिटल इनिसिएटिभ्स पनि शोकेस हुने

वैशाख ९ र १० गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दोस्रो संस्करणको डिजिटल कर्णाली कन्क्लेभ आयोजना हुने भएको छ । कर्णाली प्रदेश सरकार र आइसिटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा डिजिटल नेपाल कन्क्लेभ २०२५ हुने भएको हो ।

वीरेन्द्रनगरको शुभ होटलमा २ दिनसम्म चल्ने कन्क्लेभमा डिजिटल कर्णालीको हालको अवस्था, अवसर, सम्भावना र चुनौतीका विषयमा वृहत छलफल हुनेछ ।

‘इम्पावारिङ द फ्युचर: इन्नोभेसन, कनेक्टिभिटी एण्ड सस्टेनवलिटी’ मुख्य विषयमा केन्द्रित हुने कन्क्लेभमा विभिन्न ४ किनोट प्रस्तुतिसँगै ८ बढी सेसनहरु रहनेछन । कन्क्लेभमा ५० बढी विज्ञहरु राष्ट्रिय र अन्तरास्ट्रिय स्तरबाट वक्ताको रुपमा सहभागी हुनेछन् ।

यस्तै कार्यक्रममा कर्णालीको लागि विकास गरिएका सोलुसन र आइडियाहरुको शोकस र प्रस्तुति पनि हुनेछन् । यसको लागि कन्क्लेभको आधिकारिक वेबसाइट www.karnali.digital मार्फत डिजिटल सोलुसन/आइडियाको बारेमा जानकारी दर्ता गराउन सकिनेछ । साथै यदी तपाईमा कार्यक्रममा प्रत्यक्ष रूपमा सहभागी हुन चाहनु हुन्छ भने वेबसाइटमै गएर आफ्नो नाम दर्ता गराउन सकिने छ । 

डिजिटल कर्णाली कन्क्लेभ २०२५ मा डिजिटल पूर्वाधार, डिजिटल नेतृत्व, नीति, जनशक्ति, शिक्षा, कृषि, पर्यटन, डिजिटल हेल्थ,  इन्नोभेसन, उद्यमशीलता र ई-गर्भेन्सको विषयमा विभिन्न प्रस्तुति र प्यानल छलफल गरिने छ ।