नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु गुड्न थालेका छन् । अन्तर्राष्ट्रिय स्तरको प्रिमियम विद्युतीय सवारी ब्रान्ड सेरेसले नेपालका सडकहरूमा आफ्ना ५०० भन्दा बढी सेरेस ईभीहरू पुगेको महत्वपूर्ण उपलब्धिको आज घोषणा गरेको हो ।
यो उपलब्धिले सेरेसको तीव्र विकास र नेपालको दिगो यातायातप्रतिको चासो झन् बढ्दै गएको संकेत दिएको छ ।
कार्यक्रममा सेरेसका सेल्स डाइरेक्टर डेभिड लुओ, एमएडब्ल्यु वृद्धि मोटर्सका प्रबन्ध निर्देशक विवेक सिकरिया र सीईओ प्रशन्न पन्त लगायत प्रमुख व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
एमएडब्ल्यु वृद्धि मोटर्सका प्रबन्ध निर्देशक विवेक सिकरियाले नेपालका सडकमा सेरेस गाडीको सङ्ख्या ५०० भन्दा बढी पुग्नु भनेको हाम्रो दायित्व, समर्पण र नेपालको विविधतायुक्त भूगोललाई ध्यानमा राखेर तयार पारिएको भरपर्दो तथा नविनतम ईभी सोलुसन्सको प्रमाण भएको बताए ।