कीवर्डहरू -

विद्यार्थीहरूलाई कोडिङ, रोबोटिक्स र एआई सिकाउँदै आएको दूरशिक्षामा शार्क वैद्यको १ करोड लगानी

विद्यार्थीहरूलाई कोडिङ, रोबोटिक्स र एआई सिकाउँदै आएको दूरशिक्षामा शार्क वैद्यको १ करोड लगानी

विद्यार्थीहरूलाई कोडिङ, रोबोटिक्स र एआई सिकाउँदै आएको दूरशिक्षाले शार्क ट्यांक नेपालबाट १ करोड लगानी प्राप्त गरेको छ । 

शार्क ऋतु सिंह वैद्यले दूरशिक्षामा ३० प्रतिशत इक्विटीमा १ करोड लगानी गरेकी हुन् । शार्क ट्यांक नेपालमा दूरशिक्षाका संस्थापक कृष्ण पाण्डेले २० प्रतिशत इक्विटीका लागि १ करोड लगानी माग गरेका थिए । 

तर अन्तिममा ३० प्रतिशत इक्विटीका लागि १ करोड रूपैयाँमा डिल सम्पन्न भएको हो । ५ वर्ष अघि स्थापना भएको दूरशिक्षा सरकारी तथा निजी विद्यालयहरूसँग सहकार्य गरी कोडिङ, रोबोटिक्स, एआईको पाठ्यक्रम नै विकास गरी सिकाउँदै आएको छ ।

यसका लागि अमेरिकाको स्टिम डट ओआरजीसँग एक्रिडेसन लिएको छ भने स्टिम पेडियासँग पनि सहकार्य गरेको छ ।  यस बाहेक कम्पनीले शर्ट टर्म र विभिन्न डिप्लोमा आईटी तालिमहरू समेत सञ्चालन गर्दै आएको छ । 

दूरशिक्षाले भारतको लोकप्रिय बहुँराष्ट्रिय म्पनी एचसीएलसँग सहकार्य गरेर नेपाली विद्यार्थीहरूलाइ इन्टर्नसीप सुविधा समेत सिकाउँदै आएको छ । अब काठमाडौंमा मात्रै केन्द्रित नभएर देशभरका विद्यालयहरूमा विद्यार्थीहरूलाई कोडिङ, रोबोटिक्स र एआई सिकाउने जनाएको छ ।