कीवर्डहरू -

सञ्चालनमा आयो श्रम संसार एप, विदेशमा रहेका नेपालीहरूको सूचना र विवरण संकलन गरिने

सञ्चालनमा आयो श्रम संसार एप, विदेशमा रहेका नेपालीहरूको सूचना र विवरण संकलन गरिने

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम संसार एप सञ्चालनमा ल्याएको छ । श्रम गन्तव्य मुलुकहरुमा रहेका नेपालीहरुको सूचना र विवरण संकलन गर्ने उद्देश्य राखी संसारभरिका नेपाली डायस्पोराकै विवरण संकलन गर्न सक्ने गरी निर्माण गरिएको ‘श्रम संसार एप’ सञ्चालनमा आएको हो । 

बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भन्डारी र परराष्ट्र मन्त्री डा. आरजु देउवाले संयुक्त रुपमा श्रम संसार एपको शुभारम्भ गरेका थिए । 

यो एपमा आफ्नो विवरण दर्ता गराएपछि कहाँ, कुन अवस्थामा र कति संख्यामा विदेशमा नेपाली श्रमिक रहेका छन् भन्ने बारेको जानकारी प्राप्त गर्न सहज हुनेछ । 

यसबाट उनीहरूलाई आवश्यक पर्ने कन्सुलर सेवा प्रदान गर्न तथा समस्यामा परेकाहरुको तत्कालै उद्धार गर्न पनि सहज हुने बताइएको छ । 

परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सञ्चालनमा ल्याइएको यस एपलाई सम्बद्ध देशका नेपाली राजदूताबासबाट अद्यावधिक गर्ने गरी व्यवस्था मिलाइएको छ । 

गूगलको प्ले स्टोरमा श्रम संसार एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।