कीवर्डहरू -

गुगल प्लेमा पनि उपलब्ध भयो सोरा

गुगल प्लेमा पनि उपलब्ध भयो सोरा

ओपनएआईको टेक्स्ट–टु–भिडियो जेनेरेटिभ एआई एप ‘सोरा’ अब एन्ड्रोइड प्रयोगकर्ताका लागि गुगल प्ले स्टोरमा उपलब्ध भएको छ। तर यसको आइओएस भर्सन अहिले पनि केही सीमित निमन्त्रणाका आधारमा प्रयोग गर्न सकिन्छ। त्यसका बावजूद पनि प्रयोगकर्ताहरू आफ्नै ‘स्लप’ भिडियो बनाउन पाउँदा निकै उत्साहित छन्।

रिपोर्टका अनुसार सोराले सार्वजनिक भएको पाँच दिनभित्रै १० लाखभन्दा बढी डाउनलोड हासिल गरेको छ। तर लोकप्रियताको साथमा विवाद पनि बढ्दै गएको छ। प्रयोगकर्ताहरूले मार्टिन लुथर किङ जुनियरको असम्मानजनक भिडियो बनाएको भन्दै आलोचना भएपछि कम्पनीमाथि सामाजिक प्रतिक्रियाको वर्षा भएको छ।

साथै जापानी सरकारले प्रसिद्ध मंगा र एनिमेका पात्रहरूको नक्कल गरी बनाइएका भिडियोका कारण ओपनएआईलाई चेतावनी दिएको छ।यी विवादहरूबीच सोरा कानुनी समस्यामा पनि फँसेको छ। भिडियो सन्देश प्लेटफर्म ‘क्यामियो’ले कपीराइट उल्लङ्घन गरेको आरोपमा ओपनएआईमाथि मुद्दा दायर गरेको छ।

त्यसको भोलिपल्टै ओपनएआईले सोरामा ‘क्यामियो’ नामक नयाँ फिचर सार्वजनिक गरेको थियो, जसले वास्तविक व्यक्ति वा पहिचानलाई एआई भिडियोमा समावेश गर्न अनुमति दिन्छ।यो फिचरको नाम जे भए पनि, ओपनएआईले सोराको व्यावसायिक मोडेल अन्तर्गत भविष्यमा ‘लाइसेंस प्राप्त पर्सोना’ को प्रयोगमार्फत आयस्रोत बनाउने तयारी गरिरहेको देखिन्छ।