कीवर्डहरू -

स्प्यारो एसएमएसले ल्यायो विशेष किवोर्ड ब्लक सिस्टम, मौन अवधिमा राजनीतिक एसएमएस स्वतः अवरुद्ध हुने

स्प्यारो एसएमएसले ल्यायो विशेष किवोर्ड ब्लक सिस्टम, मौन अवधिमा राजनीतिक एसएमएस स्वतः अवरुद्ध हुने

नेपालको अग्रणी एसएमएस सेवा प्रदायक स्प्यारो एसएमएसले निर्वाचन आयोगले तोकेको ४८ घण्टे मौन अवधिलाई पूर्ण सम्मान गर्दै आफ्नो एसएमएस प्रणालीमार्फत राजनीतिक प्रचार–प्रसार पूर्ण रूपमा नियन्त्रण गर्ने व्यवस्था लागू गरेको जनाएको छ।

कम्पनीले स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचन वातावरण सुनिश्चित गर्न विशेष किवोर्ड ब्लक सिस्टम सञ्चालनमा ल्याएको जानकारी दिएको छ। यस प्रणालीमार्फत राजनीतिक दल, उम्मेदवार तथा निर्वाचन प्रचारसँग सम्बन्धित सामग्रीहरू पहिचान गरी स्वचालित रूपमा अवरुद्ध गरिने जनाइएको छ। यसले मौन अवधिमा कुनै पनि प्रकारको राजनीतिक प्रचारात्मक एसएमएस प्रसारण हुन नदिने सुनिश्चित गर्ने कम्पनीको दाबी छ।

जिम्मेवार प्रविधि सेवा प्रदायकको हैसियतले हामी निर्वाचन आयोग नेपालका मार्गनिर्देशनहरू पूर्ण रूपमा सम्मान गर्ने कम्पनीका सीईओ मनोज थापाले बताए । ‘लोकतान्त्रिक प्रक्रियाको सुरक्षा हाम्रो दायित्व हो र मौन अवधिमा डिजिटल माध्यमबाट हुने कुनै पनि दुरुपयोग रोक्नु हाम्रो मुख्य प्राथमिकता हो,’ उनले भने । 

कम्पनीले स्पष्ट पारेअनुसार उक्त अवधिमा राजनीतिक प्रचारसँग सम्बन्धित सन्देशहरू मात्र अवरुद्ध गरिनेछन्। अन्य सेवा जस्तै बल्क एसएमएस, ओटीपी, बैंकिङ सन्देश, सेवा सूचना तथा व्यावसायिक मार्केटिङ सन्देशहरू भने नियमित रूपमा सञ्चालनमा रहनेछन्।

स्प्यारो एसएमएसले आगामी दिनहरूमा पनि कानुनी प्रावधान, नियामक निकायका निर्देशन तथा सामाजिक जिम्मेवारीलाई उच्च प्राथमिकतामा राख्दै सेवा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।