कीवर्डहरू -

स्प्यारोले यस वर्ष पनि एसएमएसबाट एसईईको नतिजा उपलब्ध गराउने

स्प्यारोले यस वर्ष पनि एसएमएसबाट एसईईको नतिजा उपलब्ध गराउने

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा मोबाइल एसएमएसमार्फत सहज रूपमा प्राप्त गर्न सकिने भएको छ । स्प्यारो एसएमएसले यस वर्ष पनि राष्ट्रिय परीक्षा बोर्डसँगको सहकार्यमा नतिजा विद्यार्थीको मोबाइलमै उपलब्ध गराउने व्यवस्था मिलाएको हो ।

स्प्यारो एसएमएसले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि सरकारी वेबसाइटमा अत्यधिक चापका कारण उत्पन्न हुने समस्या समाधान गर्न एसएमएस सेवा प्रभावकारी माध्यमका रूपमा अघि सारेको छ । 

कम्पनीले देशका सबै क्षेत्र—चाहे शहरी होस् वा ग्रामीण—का विद्यार्थीहरूलाई नतिजा तुरुन्तै र सजिलै उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । नतिजा प्रकाशित भएपछि एसएमएसबाट थाहा पाउन सकिने छ । 

स्प्यारो एसएमएसका प्रमुख कार्यकारी अधिकृत मनोज थापाले एसईईको नतिजा सार्वजनिक भएपछि बिना कुनै ढिलाइ वा झन्झटबिना विद्यार्थीहरूलाई आफ्नो नतिजा सहज र भरपर्दो रूपमा उपलब्ध गराउने बताए । 

एसएमएसमार्फत नतिजा थाहा पाउने तरिका

  • आफ्नो मोबाइलको म्यासेज बक्स खोल्नुहोस्।
  • टाइप गर्नुहोस्: SEE [space] Symbol Number (उदाहरण: SEE 12345678A)
  • 35001 मा पठाउनुहोस् ।