१३ वर्ष मुनिका बालबालिकालाई फोन नदिन विज्ञहरूले सुझाव दिएका छन् । सेपियन ल्याब्सले १८ देखि २४ वर्ष उमेर समूहका विश्वभरका १ लाखभन्दा बढी मानिसहरूमा गरिएको एउटा ठूलो अध्ययनपश्चात विज्ञहरूले यस्तो सुझाव दिएका हुन् ।
अध्ययनमा बच्चाहरूले १३ वर्षभन्दा कम उमेरमै स्मार्टफोन प्रयोग गर्न थाल्ने र त्यसले उनीहरूको मानसिक स्वास्थ्य र भविष्यमा गम्भीर असर पर्ने गरेको देखिएको छ ।
अध्ययनमा सहभागी अधिकांशलाई बाल्यकालमै स्मार्टफोन प्राप्त भएको थियो । उनीहरू आक्रामक व्यवहार, वास्तविकताबाट टाढा हुने, आत्महत्याका विचार र आत्मसम्मानको कमी जस्ता समस्यासँग जुदिरहेका छन्।
सुरूवाती उमेरमै सोसल मिडिया एक्सपोजर, साइबरबुलिङ, कमजोर निद्रा र पारिवारिक सम्बन्धमा खटपटले यो जोखिम अझ बढाउने अध्ययनमा देखिएको छ ।
सेपियन ल्याब्सका संस्थापक तथा न्यूरोसाइंटिस्ट डा. तारा थिएगराजनले स्मार्टफोन र सोसल मिडियाले मान्छेहरू मानसिक स्वास्थ्यमा समस्या ल्याइरहेको बताइन् । बालबालिकालाई १३ वर्षभन्दा पहिले स्मार्टफोन नदिने र यसमा जुन मदिरा र तम्बाकू जस्तै प्रतिबन्ध लगाउन उनको आग्रह छ ।
यद्यपि सोसल मिडिया प्लेटफर्महरूमा औपचारिक रूपमा १३ वर्षको उमेरसीमा तोकिएको छ, तर त्यो प्रभावकारी रूपमा पालना हुन सकेको छैन् । फ्रान्स, इटाली, नेदरल्याण्ड्स र न्यूजील्याण्डजस्ता देशहरूले विद्यालयमा फोनमा प्रतिबन्ध लगाएका छन्। अमेरिकाको न्युयोर्कले पनि भर्खरै विद्यालयहरूमा स्मार्टफोन प्रतिबन्ध घोषणा गरेको छ ।
बच्चाहरूमा फोनको छिटो पहुँचले मात्र निद्रा र सम्बन्धहरूलाई प्रभावित पार्ने मात्रै नभएर यसले दीर्घकालीन रूपमा मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने बताइएको छ । विज्ञहरूले नीति निर्माताहरूलाई यसमा तत्काल कदम चाल्न सुझाव दिएका छन् ।