राष्ट्रिय कर दिवस २०८२ का अवसरमा आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर योगदान गर्ने संस्थाहरुलाई सम्मान गरेको छ। यस वर्ष सबैभन्दा बढी आयकर दाखिला गर्ने संस्थाको रूपमा दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण (NTA) सम्मानित भएको छ।
यस्तै, वि.सं. २०७६ देखि २०८२ सम्म लगातार सबैभन्दा बढी मूल्य अभिवृद्धि कर (भ्याट) दाखिला गर्ने संस्थाको रूपमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) उत्कृष्ट करदाताका रूपमा सम्मानित गरिएको विभागले जनाएको छ।
सूचना प्रविधि सेवातर्फ सबैभन्दा बढी आयकर योगदान गर्ने भेरिक्स नेपाल प्रालि लाई पनि विभागले सम्मान प्रदान गरेको छ।
आन्तरिक राजस्व विभागले कर तिर्ने संस्कृतिलाई प्रोत्साहन गर्न हरेक वर्ष उत्कृष्ट करदाताहरूलाई सम्मान गर्दै आएको छ।
आईसीटी समाचार