कीवर्डहरू -

चीनमा रोबोट ट्याक्सी सार्वजनिक गर्दै टेस्ला

चीनमा रोबोट ट्याक्सी सार्वजनिक गर्दै टेस्ला

चीनमा टेस्ला रोबोट ट्याक्सी सार्वजनिक हुने भएको छ । आगामी अगस्ट ८ मा  टेस्ला रोबोट ट्याक्सी चीनमा सार्वजनिक हुनेछ ।

अगस्त ८ मा टेस्ला रोबोट ट्याक्सी सार्वजनिक गर्ने जानकारी टेस्लाका मालिक एलन मस्कले एक्समार्फत दिएका थिए । यो घोषणाले उनका लाखौं फलोअरहरु खुशी भएका छन् ।

८ नम्बर चीनका लागि भाग्यशाली नम्बर भएकाले रोबोट ट्याक्सी सार्वजनिक  गर्ने मिति एलन मस्कले अगस्ट ८ तारिख रोजेको बताइएको छ ।

मस्कले चीनमा कम्पनीको फुल सेल्फ–ड्राइभिङ (एफएसडी) स्वायत्त सफ्टवेयर प्रयोग गर्न स्वीकृति पाएको रिपोर्ट आएपछि टेस्लाको शेयरको मूल्य पनि बढेको छ । ईभी कम्पनीको सेयर मूल्य १५ प्रतिशतभन्दा बढीले बढेको छ ।

सन् २०१९ मा कम्पनीले सन् २०२० सम्ममा रोबोट ट्याक्सी सञ्चालनमा ल्याउने संकेत गरेको थियो । तर, यो योजना पूरा हुन सकेन र अब सन् २०२४ मा गाडी सार्वजनिक हुने भएको छ ।