कीवर्डहरू -

राष्ट्र बैंकले आईटी कम्पनीलाई विदेशमा लगानी गर्ने बाटो खोलिदिएपछि निजी क्षेत्र खुसी

राष्ट्र बैंकले आईटी कम्पनीलाई विदेशमा लगानी गर्ने बाटो खोलिदिएपछि निजी क्षेत्र खुसी

नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले सूचना प्रविधि (आईटी) उद्योगले विदेशमा १० लाखसम्म अमेरिकी डलरसम्म लगानी गर्न पाउने नेपाल राष्ट्र बैंकको नीतिलाई स्वागत गरेको छ ।

राष्ट्र बैंकले केही दिन अघि विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ मा चौथो संशोधन गर्दै आईटी कम्पनीहरूलाई विदेशमा लगानी गर्न बाटो खोलेको थियो । 

नयाँ व्यवस्था अनुसार, विगत तीन आर्थिक वर्षदेखि निरन्तर सूचना प्रविधि सेवा निर्यात गरेर विदेशी मुद्रा आर्जन गरिरहेका नेपाली कम्पनीहरूले विदेशमा लगानी गर्न पाउनेछन् । लगानीको सीमा कम्पनीको पछिल्ला तीन वर्षको औसत विदेशी मुद्रा आम्दानीको ५० प्रतिशत वा अधिकतम १० लाख अमेरिकी डलर (वा सो बराबरको विदेशी मुद्रा) मध्ये जुन कम हुन्छ, त्यो अनुसार हुनेछ ।

नास आईटीका अनुसार यस निर्णयले नेपाली कम्पनीहरूलाई अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति विस्तार गर्न, सञ्चालन क्षमता अभिवृद्धि गर्न र नेपाललाई विश्वसनीय आईटी हबको रूपमा प्रस्तुत गर्न महत्वपूर्ण टेवा पुर्‍याउने छ ।