आज स्मार्टफोन हाम्रो जीवनको महत्वपूर्ण हिस्सा बनिसकेको छ । यस उपकरणबाट धेरै काम केही मिनेटमै सम्पन्न गर्न सकिन्छ । किनमेल गर्नेदेखि कसैलाई पैसा पठाउने वा टाढा बसेको व्यक्तिसँग कुरा गर्नेसम्मका सबै काम आज यो डिभाइसबाट सजिलै गर्न सकिन्छ । तर समयसँगै यो डिभाइसले केही साना संकेत दिन थाल्छ, जसलाई यदि बेवास्ता गरियो भने डिभाइस चाँडै बिग्रिन सक्छ ।
हो, आज हामी तपाईंलाई केही यस्ता संकेतबारे बताउँदैछौं जसबाट तपाईंलाई थाहा हुन्छ कि तपाईंको स्मार्टफोन बिग्रिन लागेको छ कि छैन् । यदि तपाईंलाई यी संकेतहरू देखिन थाल्छ भने बुझ्नुस् कि खतरा सुरु भइसकेको छ । जसले गर्दा तपाईंको डाटाको हानि हुन सक्छ र फोनमा ठूलो खर्च समेत आउन सक्छ । आउनुहोस्, जानौँ त्यस्ता संकेतहरू जुन फोन बिग्रिनु अघि देखिन्छन् ।
फोन ह्याङ हुनु वा ढिलो प्रतिक्रिया दिनु
भारी एप्स त छोडिदिउँ, यदि तपाईंको फोन सामान्य एप्स खोल्न पनि धेरै समय लिइरहेको छ र पटक–पटक ह्याङ हुँदैछ भने, यो फोनको आन्तरिक सिस्टम वा स्टोरेजमा समस्या भएको संकेत हो। यसको मतलब तपाईंको फोन जुनसुकै बेला बन्द हुन सक्छ ।
अत्यधिक तातो हुनु (ओभरहिटिङ)
यदि तपाईंको फोन सामान्य प्रयोगमा पनि अत्यधिक तातिरहेको छ भने, यो ब्याट्री वा प्रोसेसरसँग सम्बन्धित समस्याको संकेत हो । यसको मतलब तपाईंको फोनको ब्याट्रीमा समस्या हुन सक्छ वा प्रोसेसर अब ती एप्स सम्हाल्न सक्षम छैन् । यस्तो अवस्थामा फोन जुनसुकै बेला काम गर्न बन्द गर्न सक्छ ।
चार्जिङमा समस्या हुनु वा ब्याट्री चाँडै सकिनु
समयसँगै फोनको ब्याट्रीको अवस्था (ब्याट्री हेल्थ) कमजोर हुँदै जान्छ । केही समयपछि फोन धेरै चाँडै डिस्चार्ज हुन थाल्छ वा कहिलेकाहीँ चार्ज हुन निकै समय लाग्छ। यो खराब ब्याट्रीको संकेत हो। यस्तो अवस्थामा यसलाई बेवास्ता गर्नु हुँदैन ।
डिस्प्लेमा लाइन आउनु वा स्क्रिन ब्लिंक गर्नु
कहिलेकाहीँ केही समयपछि फोनको डिस्प्लेमाथि अनौठो रेखाहरू देखिन थाल्छन् वा स्क्रिन ब्लिङ्क हुन थाल्छ । यदि तपाईंको फोनमा पनि यस्ता समस्या देखिँदैछ भने यो फोन बिग्रन लागेको संकेत हो। हुन सक्छ यो हार्डवेयर फेलको सुरुवात हो र पछि समस्या अझ बढ्नसक्छ, जसले फोनको सम्पूर्ण डिस्प्ले बिगार्न सक्छ ।
आफैं रीस्टार्ट हुनु
धेरैपटक स्मार्टफोन आफैं पुनः सुरु (रीस्टार्ट) हुन थाल्छ । यो पनि फोन बिग्रन लागेको संकेत हो, किनभने यस्तो समस्या सफ्टवेयर क्र्यास वा मदरबोर्डमा समस्या हुँदा देखिन्छ । यदि तपाईंको फोनमा यस्ता संकेतहरू देखिँदै छन् भने, सबैभन्दा पहिले आफ्नो डाटाको ब्याकअप लिनुस् र फोनलाई अधिकृत सेवा केन्द्र (अथराइज्ड सर्भिस सेन्टर) मा लगेर जाँच गराउनुहोस् ।