कीवर्डहरू -

इटहरीमा युवतीहरूका लागि उदयीमान प्रविधिमा तीनदिने सीप विकास तालिम हुँदै, यसरी हुनुहोस् सहभागी

इटहरीमा युवतीहरूका लागि उदयीमान प्रविधिमा तीनदिने सीप विकास तालिम हुँदै, यसरी हुनुहोस् सहभागी

अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन (आईटीयु) र नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा महिला सशक्तिकरण र डिजिटल समावेशीकरणको उद्देश्यले 'गर्ल्स इन  आईसिटी नेपाल' कार्यक्रमअन्तर्गत इमर्जिंग टेक्नोलोजी (उदयीमान प्रविधि) मा सीप विकास गर्ने तीनदिने तालिम हुने भएको छ ।

आगामी २३–२५ जुलाई, २०२५मा इटहरीको रोयल रिसोर्ट (इटहरी–२, भद्रा टोल, अमृत मार्ग) मा तीन दिने स्किल बिल्डिङ अन इमरजिङ टेक्नोलोजीज कार्यक्रम हुनेछ । यस कार्यक्रममा देशभरिका १८–२४ वर्ष उमेर समूहका युवतीहरूलाई सहभागी गराउने लक्ष्य राखिएको छ।

यो वर्कशप “गर्ल्स इन आईसीटी फर इनक्लुसिभ डिजीटल ट्रान्सफर्मेसन” नाराका साथ सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा महिला सहभागिता, नेतृत्व र क्षमताविकासलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेर तयार गरिएको हो।

कार्यक्रममा फाइभजी प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स, इन्टरनेट अफ थिङ्स (IoT), क्लाउड कम्प्युटिङ र साइबर सुरक्षा लगायतका उदाउदै गरेका प्रविधिहरूमा व्यावहारिक र सैद्धान्तिक ज्ञान प्रदान गरिनेछ । यी विषयमा विभिन्न विज्ञहरूले आफ्नो प्रस्तुती दिनेछन् । 

तीन दिन अवधिभर चल्ने वर्कशपमा विश्वविद्यालय, कलेज र निजी तथा सार्वजनिक संस्थाका महिला विद्यार्थी, नवप्रवर्तनकर्ताहरू, व्यवसायी महिला उद्यमी तथा आईसिटी क्षेत्रमा काम गर्ने प्रारम्भिक करियरका युवतीहरू सहभागी हुने अपेक्षा गरिएको छ। सहभागीहरूले व्यावहारिक प्रयोगशाला (ह्यान्ड्स–अन सेसन), केस स्टडी, प्यानल छलफल र नेटवर्किङ सेसनहरूबाट प्रविधि सीप मात्र होइन, स्वरोजगार र स्टाटअप अवसरहरूको ज्ञान पनि हासिल गर्न सक्नेछन्।

नेपाल दूरसञ्चार प्राधिकरणद्वारा आयोजित यस कार्यक्रममा प्रविधि क्षेत्रका प्रतिष्ठित विज्ञहरू र शिक्षाविद्‌हरूले छलफल, व्यावसायिक मार्गदर्शन सत्र र नेटवर्किङ सेसनहरू सञ्चालन गर्नेछन्। 

३ दिने तालिमका लागि रुचि राख्ने इच्छुकहरूले थप जानकारी तथा दर्ताका लागि यहाँ क्लिक गरी आवेदन दिन सक्ने छन् । १८ वर्ष भन्दा मुनिका किशोरीहरुले आफ्नो अभिभावकको अकाउन्ट मार्फत फर्म भर्नुपर्ने हुन्छ ।