कीवर्डहरू -

‘आजको दिनमा एआईमै ७ अर्ब लगानी चाहिएको छ, यहाँ सञ्चार मन्त्रालयको बजेट नै ७ अर्ब छ’

‘आजको दिनमा एआईमै ७ अर्ब लगानी चाहिएको छ, यहाँ सञ्चार मन्त्रालयको बजेट नै ७ अर्ब छ’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले आजको दिनमा एआईमै ७ अर्ब लगानी चाहिएको बताएका छन् । 

प्रतिनिधि सभामा बोल्दै सांसद वाग्लेले नीति तथा कार्यक्रममा एआईलाई समावेश गरेको भएपनि क्षेत्रगत हिसाबमा हेर्दा सिनर्जी छुट्ने बताएका हुन् ।

‘मन्त्रालयगत हिसाबले गाँस्दा सिनर्जीहरू छुट्छ । एआईको बारेमा २-४ लाइन खर्च गरिएको छ । त्यसलाई पनि सञ्चार मन्त्रालयमा कैद गरिएको छ,’ उनले भने,  ‘मन्त्रालयको बजेट आफैमा ७ अर्बको छ । आजको दिनमा हामीलाई ७ अर्ब नै एआईमा लगानी चाहिएको छ । ताकी ७ अर्बको सरकारी लगानीले ७० अर्बको निजी लगानी भित्र्याओस् । क्षेत्रगत रूपमा हेर्दा छुट्ने रहेछ ।’