कीवर्डहरू -

नेपाली स्टार्टअपलाई भारतमा प्रशिक्षणको अवसर

नेपाली स्टार्टअपलाई भारतमा प्रशिक्षणको अवसर

काठमाडौँस्थित भारतीय दूतावासले मंगलबार भारत-नेपाल स्टार्टअप साझेदारी नेटवर्क (IN-SPAN) कार्यक्रम सुरु गर्नु अघिको ओरिएन्टेशन सेसन सम्पन्न गरेको छ । यो पहलले नेपाल र भारतका स्टार्टअप इकोसिस्टमबीच सहकार्य र नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ ।

दूतावासका अनुसार पहिलो IN-SPAN कार्यक्रम सन् २०२५ डिसेम्बरदेखि भारतीय प्राविधिक संस्थान (IIT) मद्रासमा सुरु हुनेछ । आठ सातासम्म चल्ने निःशुल्क प्रशिक्षण तथा नवप्रवर्तन कार्यक्रम नेपाली स्टार्टअप प्रतिनिधिहरूका लागि हुनेछ।

आईआईटी मद्रास प्रवर्तक (Pravartak) सँग सहकार्यमा सञ्चालन हुने यस कार्यक्रममा प्रशिक्षण, मार्गदर्शन (मेंटोरशिप) र इन्टर्नसिप समावेश छन्, जसले सहभागीलाई आफ्ना विचारलाई बजारमा उतार्न सक्ने व्यवसायिक मोडेलमा परिणत गर्न सहयोग पुर्‍याउनेछ । 

दूतावासका अनुसार पहिलो IN-SPAN ब्याचका लागि आवेदन सन् २०२५ नोभेम्बर १५ सम्म खुला रहनेछ । छनोट आवेदन मूल्यांकन र अन्तर्वार्ताको आधारमा गरिने बताइएको छ । छनौट भएका २५ स्टार्टअपहरू भारतमा गएर प्रशिक्षणको अवसर पाउने छन् । आवेदन दिनका लागि यहाँ क्लिक गर्नुहोस् । 

अहिलेसम्म आईआईटी मद्रास प्रवर्तकले ४६ वटा स्टार्टअप इन्क्युबेट गरिसकेको छ, जसमा १४ प्रविधि व्यावसायिक रूपमा सफलतापूर्वक व्यावसायीकरण भइसकेका छन् ।