अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई आफ्नो अर्को पुस्ताको एडभान्स्ड जीपीयू चिपको स्केल-डाउन भर्जन बेच्न अनुमति दिन सक्ने बताएका छन्।
सोमबार दिएको एक बयान अनुसार ट्रम्पले चीनलाई बेच्न चाहेको चिप ब्ल्याकवेल हो, जुन एनभिडियाले हालै लन्च गरेको थियो ।
ट्रम्पले चिपको स्केल-डाउन, अर्थात् कमजोर भर्सन बेच्ने कुरा भनेका छन्, तर ती पुराना चिपहरूभन्दा ३० गुणा छिटो हुनेछन् । रोयटर्सको रिपोर्टअनुसार चीनलाई सप्लाई गरिने चिपहरू ३० देखि ५० प्रतिशत कम क्षमताका हुनेछन्। यसको मतलब ती चिपहरू चीनलाई आपूर्ति गर्नु अघि तिनीहरूको क्षमता कम गरिनेछ।
ट्रम्प कसरी राजी भए भन्ने कुरा विस्तृतमा बुझौं। राष्ट्रपति ट्रम्पको प्रत्येक 'हो' पछाडि केही शर्त लुकेको हुन्छ। प्रायः चीनलाई चिप आपूर्ति गर्न उनीले चिप निर्माता एनविडिया र एएमडीबाट तिनीहरूको सेलको १५ प्रतिशत हिस्सा लिने बताएका छन्।
यो मागले विशेषज्ञहरूलाई अचम्मित पारेको छ किनभने अमेरिकामा कुनै पनि कम्पनीको विदेशी बिक्रीको अंश सीधै सरकारलाई दिनुपर्ने माग पहिले कहिल्यै गरिएको थिएन। अमेरिकामा यस्तै कुनै कानुनी प्रावधान पनि छैन। यद्यपि ट्रम्पको दाबी छ कि यसबाट अमेरिकालाई नै फाइदा हुनेछ। घोषणा गर्दा उनले त यो डिल स्वीकृत गर्न उनलाई २० प्रतिशत हिस्सा पनि चाहिने भनेका थिए।
विशेषज्ञहरूको भनाइ छ कि अमेरिका र चीनबीच प्रविधिको द्वन्द्व निकै तीव्र भएको छ। यदि चीनलाई कमजोर भर्जनका चिपहरू नै उपलब्ध भए पनि, उनीहरूले तिनीहरूलाई ठूलो मात्रामा प्रयोग गरेर एआई सुपरकम्प्युटर बनाउन सक्छन्।
यसले चीनलाई एआई क्षेत्रमा अमेरिकालाई पछाडि पार्ने सम्भावना बढाइदिन सक्ने छ । कतिपय रिपोर्टहरू अनुसार एनभिडिया पहिले नै चीनलाई आपूर्ति गर्नका लागि एउटा नयाँ, सस्तो र कम पावर भएको ब्ल्याकवेल चिप तयार गर्दै थियो। नयाँ चिप अमेरिकी भर्जनभन्दा निकै कमजोर हुनेछ। विशेषज्ञहरूको मत छ कि त्यो पनि चीनको एआई क्षमता बढाउनको लागि पर्याप्त हुन सक्छ।
ट्रम्प प्रशासनले अप्रिलमा एनभिडियाको एच२० चिपको चीनमा बिक्रीमा प्रतिबन्ध लगाएको थियो, तर पछि जुलाईमा त्यो प्रतिबन्ध हटाएर पुनः एक्सपोर्ट गर्न अनुमति दिइएको थियो । तथापि ट्रम्पको दाबी छ - एच२० अब “बेकार” छ किनभने चीनसँग पहिलेबाटै त्यसको प्रविधि उपलब्धै छ। यी चिपहरूबाट अमेरिकाको राष्ट्रिय सुरक्षामा कुनै खतरा नआउने विश्वास गरिएको छ ।