कीवर्डहरू -

१ टिबी स्टोरेज भएको ग्यालेक्सी एस २५ अल्ट्रा नेपाली बजारमा, कति छ मूल्य ?

१ टिबी स्टोरेज भएको ग्यालेक्सी एस २५ अल्ट्रा नेपाली बजारमा, कति छ मूल्य ?

सामसङले नेपाली बजारमा १ टिबी स्टोरेज क्षमता भएको नयाँ ग्यालेक्सी एस २५ अल्ट्रा उपलब्ध गराएको छ । मोबाइल अनुभवको नयाँ परिभाषा बोकेको यो डिभाइस १ टिबीको विशाल स्टोरेज, एडभन्सड ग्यालेक्सी एआई फिचरहरू, र सहज मल्टिटास्किङ क्षमतासहित सुसज्जित छ ।

ग्यालेक्सी एस २५ अल्ट्रा १ टिबीमा रहेको १ टेराबाइटको विशाल स्टोरेजले तपाईँका फोटो तथा भिडियोहरू, एपहरू र फाइलहरू मेमोरीको चितना नलिई सबै सुरक्षित राख्ने अझ बढी क्षमता दिनेछ । सामसङको एआई–फर्स्ट वन युआई ७ प्लेटफर्मले व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनमा सहज प्रयोग अनुभव प्रदान गर्छ ।

अरू भेरियन्टहरूमा पनि उपलब्ध रहेको ग्यालेक्सी एआईलाई अझ परिष्कृत बनाउँदै यो नयाँ १ टिबी भेरियन्टले कार्यक्षमता र सिर्जनात्मकता दुबैलाई नयाँ उचाइ दिने कम्पनीको भनाइ छ । ग्यालेक्सी एस २५ अल्ट्रा १ टिबी भेरियन्टमा १२ जीबी र्‍याम रहेको छ, जसको मूल्य २ लाख ३४ हजार ९९ रूपैयाँ तोकिएको छ । 

टाइटटेनिएम सिल्भरब्लु र टाइटटेनिएम ग्रे रङमा आउने यो डिभाइस वैशाख ४ गतेदेखि देशभरिका सामसङका आधिकारिक स्टोरहरूमा उपलब्ध हुनेछ । यो फ्ल्यागशिप डिभाइस इन्स्टा फाइनान्सद्वारा शुन्य प्रतिशत ब्याजदरमा मासिक ११ हजार ७५० रूपैयाँ इएमआईमा प्राप्त गर्न सकिनेछ ।

साथै, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत १ वर्षको १ पटकको ब्रेकिज इन्सुरेन्स पनि पाइने छ । पुराना फोन साटेर नयाँ ग्यालेक्सी एस २५ सिरिजको स्मार्टफोन खरिद गर्न चाहनेहरूका लागि सबकोफोन र अर्कोस्टोरबाट एक्सचेन्ज सुविधा पनि उपलब्ध छ ।