नेपालको अग्रणी साइबर सेक्युरिटी कम्पनी भैरव टेकले ट्राइडेन्ट एसआईईएम (Trident SIEM) नयाँ संस्करण को सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो एकीकृत सुरक्षा अपरेसन सेन्टर (SOC) प्लेटफर्म ट्राइडेन्ट एसआईईएमको नयाँ संस्करण सार्वजनिक गरेको हो ।
यो प्लेटफर्मले संस्थाहरूलाई सम्भावित खतरा पहिचान, द्रुत प्रतिक्रिया र अनुपालन सरल बनाउन मद्दत गर्नेछ । यसले हाइब्रिड इन्फ्रास्ट्रक्चर, मल्टिकलाउड वातावरण, साइबर सुरक्षा विशेषज्ञको कमी र बढ्दो नियामक मागलाई समाधान गर्ने गरी एकीकृत प्लेटफर्म उपलब्ध गराएको कम्पनीले जनाएको छ ।
यसमा SIEM, UEBA, SOAR, CTI, EDR र vulnerability assessment जस्ता सुविधा समावेश छन्। भैरव टेकका प्रमुख कार्यकारी अधिकृत (CEO) विजय लिम्बु सेन्हाङले नेपाल विश्वस्तरमै प्रतिस्पर्धा गर्न सक्ने साइबर सुरक्षा उत्पाद बनाउन सक्षम भएको प्रमाणित गरेको दावी गरे । ‘ट्राइडेन्ट एसआईईएम नेपाली साइबर सुरक्षा विज्ञहरूले विकास गरेको हो, जसले विश्वभरका संस्थाहरूलाई सुरक्षित राख्ने लक्ष्य राखेको छ,’ उनले भने ।
यस बारे भैरव टेकका प्रमुख प्रविधि अधिकारी (CTO) सुलभ खनालले ट्राइडेन्ट एसआईईएममार्फत पूर्ण एसओसी प्लेटफर्म उपलब्ध गराएको जानकारी दिए । यसले टिमलाई छिटो खतरा पत्ता लगाउन, अनुसन्धान गर्न र प्रतिक्रिया दिन सक्षम बनाउँछ, साथै कडा नियामक आवश्यकताहरू पनि पूरा गर्ने उनको भनाइ छ ।
ट्राइडेन्ट एसआईईएममा एडब्लुएस क्लाउड, अजुरे, सास एप्स, डेटाबसे, फाइयरवाल, ओक्ता लगायत ५०० बढी प्लेटफर्म एकीकृत गरिएको छ । सास, सम्बन्धित स्तानमै वा हाइब्रिड मोडलमा डिप्लोयमेन्टको सुविधा समेत रहेको छ । साथै भैरव टेक विज्ञ टोलीले २४ सै घण्टा सहयोग समेत उपलब्ध गराउने छ । ट्राइडेन्ट एसआईईएम साना तथा मझौला व्यवसाय र इन्टरप्राइजको लागि उपयोगी हुनेछ ।