जुरी मेन्सन आइसिटी अवार्ड २०२५ वायुदृष्टिलाई प्रदान गरिएको छ । शुक्रबार द प्लाजा पुलचोक ललितपुरमा आयोजना भएको ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२५ इन एशोशिएसन विथ नेपालपे क्युआर, टिङटङ पावर्ड बाई सस्तो टिकेट्स, एमआईटी, केमसी’को ग्राण्ड फिनालेमा वायुदृष्टिलाई जुरी मेन्सन आइसिटी अवार्ड २०२५ प्रदान गरिएको हो ।
कलेजमा अध्ययनरत रहदै विद्यार्थीको प्रोजेक्टको रुपमा विकास गरिएको इन्नोभेटिभ प्रडक्ट हो, वायुदृष्टि ।
सक्रिय पाण्डे र मन्जिल पाण्डे (दिदिभाइ) मिलेर सुरु गरेको यो इन्नोभेसनले अहिले अन्तर्राष्ट्रियस्तरमा पनि चर्चा पाइरहेको छ ।
गुगल, वर्ल्ड बैंक लगायतका अन्तर्राष्ट्रिय संस्थासँग पनि काम गरिरहेको वायुदृष्टि नेपाल बाहिर भारत र पाकिस्तानमा पनि प्रयोग भइरहेको छ ।
वायुको प्रदूषण मापन, पूर्वानुमान र न्युनिकरणमा केन्द्रित प्रडक्ट हो, वायुदृष्टि । यसको एआईमा आधारित रियलटाइम सिस्टमले तापक्रम, आर्द्रता, हावाको गति लगायतका सूचकहरू मापन गर्छ र प्रदूषणले स्वास्थ्यमा पार्ने प्रभावसँगै आवश्यक पूर्वानुमान पनि उपलब्ध गराउँछ।
आईसीटी समाचार