कीवर्डहरू -

विजय लामा जेवाई एयर ईभीको ब्राण्ड एम्बासेडर नियुक्त

विजय लामा जेवाई एयर ईभीको ब्राण्ड एम्बासेडर नियुक्त

वरिष्ठ क्याप्टेन विजय लामालाई एलआरआर मोटर्सले नेपालमा ल्याएको जेवाई एयर विद्युतीय सवारीसाधन (ईभी) का लागि ब्राण्ड एम्बासेडर नियुक्त गरेको छ।

नाडा अटो शोको चौथो दिन आयोजित सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा एलआरआर मोटर्सका निर्देशक जीवन जंग शाहीले यो सहकार्यलाई “विमान प्रविधिबाट प्रेरित नवप्रवर्तन, सुरक्षा र दिगोपनाको प्रतिनिधित्व” भन्दै महत्वपूर्ण कदम भएको बताएका छन्।

वरिष्ठ क्याप्टेन विजय लामाले पनि जेवाई एयर ब्राण्डले अँगालेका विश्वास, अनुशासन र उत्कृष्टताको प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गर्दै जेवाई एयर ईभीमा सुरक्षा, अनुशासन र प्रविधिका उस्तै मूल्यहरू समावेश भएको बताए । 

उनले नेपाली चालकलाई सफा र स्मार्ट गतिशीलता अपनाउन प्रेरित गर्ने आफ्नो उत्साह पनि सार्वजनिक गरेका छन् । एलआरआर मोटर्सले यस सहकार्यमार्फत नेपालमा ड्राइभिङलाई पुनः परिभाषित गर्दै विमाननको सुरक्षा र विलासितालाई विद्युतीय सवारीसाधनको नवप्रवर्तनसँग मिसाएर दिगो, आकर्षक र भविष्यउन्मुख गतिशील समाधान उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ।