कीवर्डहरू -

वान पोइन्ट फाइनान्सियल सर्भिसेसले पायो नेसनल आइसिटी इनोभेसन अवार्ड २०२४

वान पोइन्ट फाइनान्सियल सर्भिसेसले पायो नेसनल आइसिटी इनोभेसन अवार्ड २०२४

नेसनल आइसिटी इनोभेसन अवार्ड २०२४ वान पोइन्ट फाइनान्सियल सर्भिसेसले पाएको छ । 

नेशनल आईसीटी दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वान पोइन्ट फाइनान्सियललाई नेसनल आइसिटी इनोभेसन अवार्ड प्रदान गरेको हो । 

नवप्रवर्तनमार्फत देशको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा योगदान गरेको भन्दै वान पोइन्ट फाइनान्सियललाई इनोभेसन तर्फको नेशनल आइसिटी अवार्ड दिइएको हो । 

कम्पनीले एपीआई म्यानेजमेन्ट एकीकृत सिस्टम विकास गरि बैंक तथा वित्तीय क्षेत्रलाई सहज बनाएको छ ।

वान पोइन्ट फाइनान्सियल सर्भिसेसले केहि वर्षको रिसर्च र कामको अनुभवबाट सिकेर विकास गरेको एक महत्वपुर्ण सिस्टम हो एपीआई म्यानेजमेन्ट सिस्टम । यो युनिफाइड प्लाटफर्मले एपिआई क्रिएट गर्ने, म्यानेज गर्ने र एकिकृत गर्ने काम गर्दछ । जसले गर्दा, एउटै प्लाटफर्मबाट सम्पुर्ण एपिआई र डिजिटल सेवाहरुलाई व्यवस्थापन र मोनिटरिङ गर्न सकिन्छ । 

सन् २०२२ अगष्टमामा सार्वजनिक भएको यस प्रडक्टले छोटो अवधिमा नै ७० प्रतिशत बैकिङ तथा वित्तिय सस्थाहरुमा सेवा दिइरहेको छ । सहज इन्टरफेस र रोबस्ट सेक्युरिटी प्रोटोकल भएका कारण यस सिस्टमले वित्तीय संस्थाको एपीआईलाई नियन्त्रण गर्दै डेटा सुरक्षा र जोखिम कम गर्न प्रभावकारी भूमिका खेल्ने गरेको छ ।

प्रयोगकर्तालाई सहज बनाउने, एपिआईको स्टाटन्डराइज गर्ने, सिमलेस क्रस बोर्डर पेमेन्ट सहज बनाउने र भेण्डर निर्भरतालाई कम गर्ने यस प्रडक्टका विशेषता हुन । 

नेपालमा युपीआई पीटुपी एकीकरण गर्न र पीटुपी रेमिट्यान्स कारोबारमा पनि काम गरिरहेको वान पोइन्टले निकट भविष्यमा विदेशमा समेत आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको छ । सरकारी, टेलिकम्युनिकेसन र अन्य क्षेत्रमा पनि सेवा विस्तारको क्रममा रहेको यस कम्पनीले ४० बढिलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ ।