कीवर्डहरू -

ब्याचलर्समा एआई पढ्न चाहनुहुन्छ ? कान्तिपुर सिटी कलेजमा खुलिरहेको छ बिटेक इन एआईमा भर्ना

ब्याचलर्समा एआई पढ्न चाहनुहुन्छ ? कान्तिपुर सिटी कलेजमा खुलिरहेको छ बिटेक इन एआईमा भर्ना

यस वर्षदेखि कान्तिपुर सिटी कलेज (KCC) ले ब्याचलर अफ टेक्नोलोजी इन एआई (B.Tech. in AI) कार्यक्रम सुरू गरेको छ । 

विश्व बजारमा एआई जनशक्तिको बढ्दो मागलाई सम्बोधन गर्न पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कान्तिपुर सिटी कलेजले एआई कोर्ष सुरू गरेको हो । 

एआईमा करियर खोजिरहेका विद्यार्थीहरूका लागि बीटेक इन एआई राम्रो सोलुसन हुन सक्ने कान्तिपुर सिटी कलेजका प्रिन्सीपल राजु कट्टेलले बताए । 

नेपालमा मात्र नभएर विश्व बजारमा नै एआई जनशक्तिको माग बढ्दै गएकाले सजिलै खपत हुने उनको भनाइ छ । 

कान्तिपुर सिटी कलेजमा बिटेक इन एआईमा हाल भर्ना चलिरहेको छ । यस कोर्षमा ४८ सिट क्षमता तोकिएको छ । बिटेक इन एआई पढ्न प्लस टु (साइन्स) वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ ।

बिटेक इन एआई अध्ययन गर्ने विद्यार्थीले सेकेण्ड सेमेस्टरदेखि अनिवार्य प्रोजेक्ट गर्नुपर्ने छ । ‘यस कोर्षको सबैको भन्दा राम्रो पक्ष भनेको सेकेण्ड सेमेस्टरदेखि अनिवार्य प्रोजेक्ट गर्नुपर्छ । जसले गर्दा विद्यार्थीलाई प्रयोगात्मक सीप विकासमा सहयोग गर्छ,’ कट्टेलले भने । 

सातौ र आठौं सेमेस्टरमा स्पेस्लाइज कोर्षको रूपमा मसिन लर्निङ एन्ड डिप लर्निङ, न्याचुरल ल्याङवेज प्रोसेसिङ र कम्प्युटर भिजन छनौट गर्न सकिन्छ ।  

कलेजका अनुसार, कार्यक्रमले विद्यार्थीलाई एआई सम्बन्धी गहिरो ज्ञान, अनुसन्धान, र व्यावहारिक सीप प्रदान गर्नेछ। यसले कृषि, स्वास्थ्य, शिक्षा, वित्त, सञ्चार, र यातायात जस्ता क्षेत्रमा प्रयोग हुने एआई–आधारित समाधान विकास गर्न सक्षम जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ ।

कार्यक्रमका मुख्य आकर्षणहरूमा मेसिन लर्निङ, डिप लर्निङ, डेटा साइन्स, बिग डेटा, न्याचुरल ल्याङ्वेज प्रोसेसिङ, कम्प्युटर भिजन र रोबोटिक्स, स्मार्ट एग्रिकल्चर, हेल्थकेयर र फिनटेकमा एआईको प्रयोग रहेका छन् । प्रत्येक सेमेस्टरमा इन्डष्ट्रि प्रोजेक्ट/ रिसर्च प्रोजेक्ट र अन्तिम वर्षमा क्यापटन प्रोजेक्ट अनिवार्य हुनेछ ।

शिक्षण पद्धतिमा प्रोजेक्टमा आधारित सिकाइमा, अनुसन्धान तथा उद्योगसँग सहकार्य, प्रयोगशाला–केन्द्रित सिकाइ, र अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिताको अवसर रहनेछ ।

२५ वर्षभन्दा लामो शैक्षिक इतिहास बोकेको कान्तिपुर सिटी कलेजले हालसम्म १० हजारभन्दा बढी दक्ष जनशक्ति उत्पादन गरिसकेको छ । कलेजले बी.टेक. इन एआई कार्यक्रममार्फत नयाँ पुस्तालाई भविष्य प्रविधिमा सक्षम बनाउन अग्रसर भएको जनाएको छ।