कीवर्डहरू -

कर्णाली प्रदेशमा टेलिकमको टावर विस्तार गर्न स्थानीय जनप्रतिनिधिबाट राम्रो सहयोग पाएका छौ: अधिकारी

कर्णाली प्रदेशमा टेलिकमको टावर विस्तार गर्न स्थानीय जनप्रतिनिधिबाट राम्रो सहयोग पाएका छौ: अधिकारी

नेपाल टेलिकमका प्रमुख सञ्चालन अधिकारी डिल्लीराम अधिकारी कर्णाली प्रदेशमा टावर विस्तार गर्न स्थानीय जनप्रतिनिधिबाट राम्रो सहयोग पाएको बताएका छन् । 

मंगलबार डिजिटल कर्णाली कन्क्लेभ २०२५ मा बोल्दै अधिकारीले कर्णालीमा कर्णालीका विभिन्न जिल्लामा टावर विस्तार गर्न, सामग्री पुर्‍याउन  प्रदेश सरकारसँगै स्थानीय जनप्रतिनिधिबाट राम्रो सहयोग पाएको जानकारी दिएका हुन् । 

चालु आर्थिक वर्षमा नेपाल टेलिकमले कर्णाली प्रदेशमा १२ वटा नयाँ फोरजी टावर विस्तार गरेको छ । २० वटा टावर पाइपलाइनमा रहेका छन् । थप १७० वटा टावर नयाँ योजनामा राखिएको उनको भनाइ छ । 

नेपाल टेलिकमले कर्णाली प्रदेशका सबै जिल्लामा अप्टिकल फाइबर पुर्‍याइसकेको छ । भौगलिक विकताले पनि सेवा विस्तारमा चुनौती भोगिरहेको समयमा नियतबस अप्टिकल फाइबर काटिँदा थप चुनौती भोगिरहेको अधिकारीले बताए । साथै यसमा उनले प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।