पछिल्लो केही समययता एन्ड्रोइड फोनको तुलनामा मानिसहरूले एप्पलको आइफोन बढी मन पराउन थालेका छन् । विशेषगरी युवाहरूबीच यसको क्रेज अत्यधिक देखिएको छ । तर के तपाईंको मनमा कहिल्यै यस्तो प्रश्न आएको छ कि आइफोनमा प्रयोग गरिएको सानो अक्षर ’आई’ को वास्तवमा अर्थ के हो? के यो केवल डिजाइनको लागि प्रयोग गरिएको एउटा एलिमेन्ट मात्र हो? वा यसको पछाडि कुनै गहिरो र ऐतिहासिक अर्थ लुकेको छ? आज हामी यही विषयमा विस्तृत रूपमा जान्ने प्रयास गर्छौं ।
'आई’ को सुरुवात कहिले र कसरी भयो?
वास्तवमा, एप्पलका सह–संस्थापक स्टिभ जब्सले पहिलो पटक ’आई’ शब्दको प्रयोग सन् १९९८ मा आइम्याकको लन्चको समयमा गरेका थिए । त्यो समय इन्टरनेट तीव्र गतिमा फैलिरहेको थियो र स्टिभ जब्सले ‘आई’ को अर्थ ’इन्टरनेट’ भएको बताए । उल्लेखनीय कुरा के छ भने आइम्याक विशेष रूपमा इन्टरनेटको प्रयोगलाई सजिलो बनाउन डिजाइन गरिएको थियो ।
स्टिभ जब्सले मञ्चमा यो पनि स्पष्ट पारेका थिए कि ’आई’ को अर्थ केवल इन्टरनेट मात्र होइन । यसको अरू पनि धेरै गहिरा अर्थ छन्, जुन एप्पलको भिजन र प्रोडक्ट फिलोसफी सँग सम्बन्धित छन् :
इन्डिभिजुअल : यो डिभाइस हरेक व्यक्तिको व्यक्तिगत प्रयोगका लागि बनाइएको हो, जसले उनीहरूलाई आवश्यकताअनुसार टेक्नोलोजी उपलब्ध गराउँछ ।
इन्स्ट्रक्ट : एप्पल सुरु देखि नै यस्ता प्रोडक्टहरू बनाउने लक्ष्यमा थियो जसले युजरहरूलाई केही नयाँ सिक्न सहयोग गरोस् ।
इन्फर्म: एप्पलको उद्देश्य आफ्ना डिभाइसहरू मार्फत युजरहरूलाई महत्वपूर्ण जानकारीसम्म सजिलै पहुँच दिलाउनु हो ।
इन्स्पायर : यति मात्र होइन, एप्पलका प्रोडक्टहरूको उद्देश्य युजरहरूलाई क्रिएटिभ बन्न र इनोभेटिभ सोचतर्फ प्रेरित गर्नु पनि हो ।
जानकारीका लागि, आइफोनको २०औं वार्षिकोत्सव नजिकिँदै छ । यस विशेष अवसरमा एप्पलले आफ्ना करोडौं फ्यानहरूलाई ठूलो सप्र्राइज दिन सक्छ । सम्भवतः यही समयमा कम्पनीले आफ्नो पहिलो फोल्डेबल आइफोन सार्वजनिक गर्न सक्छ । साथै, कम्पनीले स्मार्ट चस्मा, नयाँ एप्पल वाच र इअरबड्स पनि प्रस्तुत गर्ने सम्भावना छ ।