बससेवाले दशैंका लागि टिकट बुकिङ खुलाएको छ। बससेवाको मोबाइल एप र बससेवा डटकममा गएर यात्रुहरूले नेपालका ७० भन्दा बढी जिल्लाका लागि मोबाइलबाटै बस र हवाइजहाजको टिकट सहजै काट्न सक्नेछन्।
बससेवाले १५ भदौदेखि नै आंशिक टिकट बुकिङ खुलाएको बससेवाका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले जानकारी दिए ।
‘बससेवाको सिस्टममा पर्याप्त टिकट छन् । यात्रुहरूले मोबाइलबाटै टिकट बुकिङ गरी सहजै यात्रा गर्न सक्नुहुन्छ,’ उनले भने ।
सय जनालाई फ्रि बस टिकट
बससेवामार्फत टिकट काट्ने यात्रुहरूलाई अन्य विभिन्न उपहारको समेत व्यवस्था गरेको छ । यस अवधिमा टिकट काट्ने यात्रुहरूमध्ये एक सय जनालाई निःशुल्क टिकट, ५० जनालाई दुई हजार रुपैयाँ बराबरको लुगा किनमेलको समेत व्यवस्था गरेको कम्पनीले जनाएको छ ।
बससेवाबाट टिकट काट्ने पाँच जनालाई खसी उपहार
बससेवाले बससेवा मोबाइल एप्लिकेसन र बससेवा डटकमबाट बस तथा हवाइजहाजको टिकट काट्नेलाई खसी उपहार समेत दिने भएको छ । अग्रिम टिकट बुकिङ गर्नेमध्ये पाँच जनालाई उपहारस्वरूप खसी दिने घोषणा कम्पनीले गरेको हो ।
हवाई टिकटमा क्यासब्याक
मोबाइल एप्लिकेशन बससेवा र बससेवा डटकमबाट हवाई टिकट काट्ने यात्रुले हरेक टिकटमा ५ सय रुपैयाँसम्म क्यास ब्याक पाउने छन् । बस सेवाका सिइओ खनालका अनुसार क्यास ब्याकको अफर मङ्सिर महिनासम्म रहनेछ । यात्रुहरूले हवाई उडान हुने नेपालभरका सबै जिल्लाको टिकट मोबाइल एप र वेभसाइटबाट लिन सक्नेछन् ।