कीवर्डहरू -

एनसीआईटी टेक कम्पिटिशन २.० का विजेताहरू घोषणा

एनसीआईटी टेक कम्पिटिशन २.० का विजेताहरू घोषणा

एनसीआईटीले आयोजना गरेको टेक कम्पिटिशन २.० को विजेताहरू घोषणा भएको छ । 

प्रतियोगितामा ग्राफिक्स डिजाइन र एआई तथा वेब डिजाइनका विजेताहरूको घोषणा गरिएको हो ।  उत्कृष्ट प्रतिभाहरूले पुरस्कार जितेका छन्।

ग्राफिक्स डिजाइन प्रतियोगिता अन्तर्गत ग्लोबल स्कूल अफ साइन्सका अनिश उप्रेती प्रथम र आदर्श माध्यमिक विद्यालयका किजल श्रेष्ठ प्रथम रनर अप भएका छन् । सर्वोत्कृष्ट प्रस्तोता पुरस्कारबाट आदर्श विद्या मन्दिरका वेदान्स बर्नवाल सम्मानित भएका छन् । 

त्यसैगरी एआई तथा वेब डिजाइन प्रतियोगिता अन्तर्गत नास्ट, धनगढीका विशाल रेग्मी प्रथम र ट्रिनिटी एसएस एण्ड कलेज इशान्त मिश्रा प्रथम रनर अप भएका छन् । 

यस विधामा सैनिक आवासीय महाविद्यालयका रोहित पौडेलले सर्वोत्कृष्ट प्रस्तोता पुरस्कार पाएका छन् ।