कीवर्डहरू -

नेपालमा सूचीकरण हुनका लागि एक्सले माग्यो आवश्यक कागजात

नेपालमा सूचीकरण हुनका लागि एक्सले माग्यो आवश्यक कागजात

सामाजिक सञ्जाल एक्सले नेपालमा सूचीकरण हुनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग औपचारिक रूपमा आवश्यक कागजात माग गरेको छ । 

शुक्रबार एक्सले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग दर्ताका लागि चाहिने कागजातबारे विवरण माग्दै इमेल पठाएको हो । त्यसपछि मन्त्रालयले पनि आवश्यक पर्ने कागजात एक्सलाई पठाइसकेको छ । 

नेपालमा सूचीकरण नहुने सामाजिक सञ्जालाई सरकारले प्रतिबन्ध लगाएसँगै एक्स सम्पर्कमा आएको छ । विच्याटले पनि सूचीकरण हुन चासो देखाएको छ । 

यसअघि मेटाले पनि नेपालमा सूचीकरण हुन आवश्यक कागजात मागेको बताइएपनि आधिकारिक रूपमा इमेल पठाएको छैन् ।