सामाजिक सञ्चाल एक्स (ट्विटर)ले नेपाल जस्तो भ्रष्टाचार धेरै हुने मुलुकमा दर्ता नहुने आफ्नो नीति रहेको बताएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई जवाफ पठाउँदै एक्सले नेपाल भ्रष्चार हुने मुलकुको सूचीमा अग्रस्थानमा रहेको र अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी नभएको देशमा दर्ता नहुने बताएको हो ।
‘नेपाल भ्रष्टाचार हुने मुलुकहरूमध्ये निकै अघिको सूचीमा पर्छ, त्यस्तो भ्रष्ट मुलुकहरूमा कार्यालय दर्ता गर्ने हाम्रो नीति रहेको छैन । जुन बेलासम्म मुलुक भ्रष्टचारको सूचीबाट हट्दैन, अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी हुँदैन, त्यतिबेलासम्म हामी दर्ता गर्न आउन सक्दैनौँ । अहिलेसम्म हाम्रो यहीमा अडिग छौँ,’ एक्सले भनेको छ ।