कीवर्डहरू -

लुम्बिनी लायन्सको शीर्ष प्रायोजकमा राइड शेयरिङ एप यांगो

लुम्बिनी लायन्सको शीर्ष प्रायोजकमा राइड शेयरिङ एप यांगो

नेपाल प्रिमिटर लिग (एपीएल) टिम लुम्बिनी लायन्सको शीर्ष प्रायोजकमा राइड शेयरिङ प्लेटफर्म यांगो नियुक्त भएको छ ।

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले यांगोलाई टाइटल स्पोन्सरको रूपमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्दै उत्कृष्टता, नवीनता र विश्वमा पहुँचप्रतिको एउटै दृष्टिकोण साझा भएको महसुस भइरहेको बताए । 

नेपाली क्रिकेटको जोश, गौरव र सम्भावनालाई बोकेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गर्जनका लागि हामीले यांगोलाई उत्कृष्ट सहयात्रीको रूपमा रोजेका उनको भनाइ छ । 

लुम्बिनी लायन्ससँगको टाइटल स्पोन्सर सम्झौतापछि यांगो नेपालका प्रतिनिधिले क्रिकेट नेपालमा सबैलाई जोड्ने माध्यम बनेको बताउँदै लुम्बिनी लायन्सलाई सहयोग गर्न पाउँदा निकै उत्साहित भएको जानकारी दिए । 

यांगो ग्रुप दुबई, संयुक्त अरब इमिरेट्स -यूएईमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय प्रविधि कम्पनी हो । यसले विश्वका विभिन्न ठाउँबाट विकास गरिएका प्रविधिहरूलाई स्थानीय समुदायका आवश्यकताअनुसार दैनिक सेवाहरूमा रूपान्तरण गर्छ– जसमा मोबिलिटी, नेभिगेसन, डेलिभरी, फुडटेक, मनोरञ्जन, र एआई असिस्टेन्ट लगायतका सेवा समावेश छन् ।


यस्तै लुम्बिनी लायन्स, जसका मार्की खेलाडी नेपाल राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल हुन्, दोस्रो सिजनका लागि तीव्र रूपमा तयारीमा छन् ।

मंसिर १ गतेदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा फ्लडलाइटअन्तर्गत हुने एनपीएलका लागि टिमले अहिले एक्स्ट्राटेक ओभलमा फ्लडलाइटमुनि प्रशिक्षण गरिरहेको छ ।