कीवर्डहरू -

त्रिवि शिक्षण अस्पतालमा अनलाइनबाटै अपोइन्टमेन्ट बुक गर्न सकिने, यस्तो छ तरिका

त्रिवि शिक्षण अस्पतालमा अनलाइनबाटै अपोइन्टमेन्ट बुक गर्न सकिने, यस्तो छ तरिका

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा अब अनलाइनबाटै अपोइन्टमेन्ट बुक गर्न सकिने भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले अनलाइनबाटै अपोइन्टमेन्ट बुक सेवा सुरू गरेको हो । 

माभोरियन सिस्टमले तयार पारेको यो अनलाइन सेवा अहिलेलाई वेबसाइटबाट मात्रै लिन सकिने छ । अनलाइनमार्फत लिएका अपोइन्टमेन्टहरू सम्बन्धित प्रयोगकर्ताको प्रोफाइल ड्यासबोर्डमा मात्रै देखिने छन् । 

साइन अप गर्दा एउटै फोन नम्बर प्रयोग गरेर आफ्ना परिवारका सदस्य वा साथीहरूलाई दर्ता गर्न सकिने छ ।

कसरी लिने अपोइन्टमेन्ट ? 

अनलाइनबाटै अपोइन्टमेन्ट लिन सुरूमा यहाँ क्लिक गर्नुहोस् । त्यसपछि साइन इनमा गएर आफ्नो अकाउन्ट बनाउनुहोस् र अपोइन्टमेन्टमा जानुहोस् । अनि के को जाँच गराउनु खोज्नु भएको त्यो सेवा छनौट गर्नुहोस् र जाँचका लागि मिति र समय छनौट गर्नुहोस् । त्यहाँ पहिलो पटक हो वा फ्लोअपको लागि त्यो पनि छनौट गर्न सकिने छ ।

बुकिङ भइसकेपछि अनलाइनबाटै शुल्क भुक्तानी गर्न सकिने छ । अनलाईन टिकटको बिल साथमा लिएर सम्बन्धित ओपीडी शाखामा जानु पर्ने छ ।

अनलाईन खरिद गरिएको टिकट फिर्ता हुने छैन । स्वास्थ्य बिमा, बिपन्न नागरिक लगायतका छुटहरूका लागि अनलाईन टिकट व्यवस्था नभएको जनाइएको छ । 

यदी अनलाइन टिकट सम्बन्धो केहि समस्या भएमा गणेशमान भवनको टिकट काउन्टरमा सम्पर्क गर्न सकिने छ ।