के तपाई पनि युट्युबमा एआईबाट भिडियो बनाएर पैसा कमाइरहनु भएको छ वा यस्तो गर्न सोच्दै हुनुहुन्छ ? त्यसो भए तपाईंका लागि ठूलो अपडेट छ ।
युट्युबले आफ्नो मोनेटाइजेसन सिस्टममा ठूलो परिवर्तन गर्न लागेको छ । यो नयाँ परिवर्तन १५ जुलाई बाट लागु हुनेछ । यस परिवर्तनसँगै, कम्पनीले ओरिजिनल र हाई भ्याल्यु कन्टेन्ट मात्रै प्रवर्द्धन गर्नेछ ।
पछिल्लो केहि समयदेखि धेरैले एआईबाट भिडियो बनाएर अचम्मको आम्दानी गर्न थालेका छन्, जसले ओरिजिनल कन्टेन्ट क्रिएटरहरूलाई धेरै समस्या पुर्याइरहेको थियो । त्यसलाई ध्यानमा राख्दै कम्पनीले आफ्नो मोनेटाइजेसन पोलिसीमा परिवर्तन गर्न लागेको हो ।
पैसा कमाउनका लागि एआईबाट भिडियो बनाएर दिनमै दर्जनौं भिडियोहरू पोस्ट गर्ने च्यानल अब मोनिटाइजेसन हुने छैन् । युट्युबको नयाँ नियम अनुसार भिडियो बनाउन एआई टुल्सहरू प्रयोग गर्न सकिने छ । तर पूर्ण रूपमा एआईको प्रयोग गरेर बनाइएको भिडियो भने मोनिटाइजेसनका लागि मान्य हुने छैन् ।
युट्युबले स्पष्ट रूपमा भनेको छ - जो क्रिएटर्स आफ्नै प्रयासले कन्टेन्ट बनाउँछन्, आफ्नै स्क्रिप्ट, आवाज र अनुसन्धानमा आधारित भिडियो बनाउँछन् र दर्शकलाई हाई भ्याल्यु कन्टेन्ट दिइरहेका छन्, तिनीहरूका लागि कुनै परिवर्तन हुँदैन् । उनीहरू पहिलेझैं मोनेटाइजेसनको फाइदा लिन सक्नेछन्।