बागमती
भरतपुर धाउनुपर्ने बाध्यता हट्यो, कालिकाबाटै स्मार्ट लाइसेन्स वितरण सुरु
चितवन । सवारी चालक अनुमतिपत्रको स्मार्ट कार्ड लिन भरतपुर पुग्नुपर्ने कालिका नगरवासीको बाध्यता हटेको छ । कालिका नगरपालिकाले यातायात व्यवस्था कार्यालय भरतपुरसँगको सहकार्यमा नगरपालिकाको कार्यालयबाटै स्मार्ट कार्ड लाइसेन्स वितरण सुरु गरेको हो ।
यातायात व्यवस्था विभागबाट छपाइ भएर आएका स्मार्ट कार्ड अब सम्बन्धित सेवाग्राहीले कालिका नगरपालिकामार्फत प्राप्त गर्न सक्नेछन् । यससँगै लाइसेन्स लिनका लागि मात्र भरतपुर पुग्नुपर्ने समय र खर्च बचत हुने भएको छ ।
नगरप्रमुख विनोद रेग्मीका अनुसार स्थानीय नागरिकलाई आवश्यक सरकारी सेवा आफ्नै स्थानीय तहबाट उपलब्ध गराउने योजनाअन्तर्गत स्मार्ट कार्ड वितरण सेवा सुरु गरिएको हो ।
उनका अनुसार नगरपालिकाले सरकारी सेवाको पहुँच स्थानीय तहमै विस्तार गर्ने नीतिलाई प्राथमिकतामा राखेको छ । “सरकारी सेवा सकेसम्म नगरपालिकाबाटै उपलब्ध गराउने हाम्रो लक्ष्य हो,” उनले भने ।
नगरपालिकाले मालपोत र नापीसम्बन्धी सेवा स्थानीय तहबाटै उपलब्ध गराउँदै आएको छ । त्यस्तै, प्यान नम्बर र श्रम स्वीकृतिसम्बन्धी सेवा विस्तारको काम अघि बढाइएको छ भने राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्नेलगायतका सेवा पनि नगरपालिकाबाटै उपलब्ध गराउने तयारी भइरहेको रेग्मीले बताए ।
चितवनमै स्थानीय तहबाट यस्तो सेवा सुरु गर्ने पहिलो
यातायात व्यवस्था कार्यालय चितवनका प्रमुख अमृत अधिकारीका अनुसार कालिका नगरपालिकासँग भएको सम्झौताअनुसार अहिले स्मार्ट कार्ड चालक अनुमतिपत्र वितरणको सेवा मात्र सञ्चालनमा ल्याइएको हो ।
उनका अनुसार चितवनमा स्थानीय तहसँगको सहकार्यमा यस किसिमको सेवा सुरु गर्ने कालिका नगरपालिका पहिलो स्थानीय तह बनेको छ । विभागबाट छपाइ भएर यातायात कार्यालयमा आएका स्मार्ट कार्डलाई नगरपालिकामार्फत सम्बन्धित सेवाग्राहीसम्म पुर्याइने व्यवस्था गरिएको अधिकारीले बताए ।
यसले विशेषगरी लाइसेन्स तयार भइसकेपछि कार्ड लिनकै लागि भरतपुर पुग्नुपर्ने सेवाग्राहीलाई प्रत्यक्ष सुविधा पुग्ने उनको भनाइ छ ।
ट्रायल र लाइसेन्सको आवेदन भने अनलाइनबाट
यातायात व्यवस्था कार्यालयमा नयाँ चालक अनुमतिपत्र तथा वर्ग थपका लागि लिइने ट्रायलसम्बन्धी काम हाल स्थगित रहेको अधिकारीले जानकारी दिए । तर चालक अनुमतिपत्र लिन वा नवीकरण गर्न आवश्यक प्रारम्भिक प्रक्रिया भने अनलाइनबाट गर्न सकिने व्यवस्था रहेको उनले बताए ।
सेवाग्राहीले अनलाइनबाट आवेदन फाराम भर्नुका साथै तोकिएको शुल्क समेत विद्युतीय माध्यमबाट भुक्तानी गर्न सक्नेछन् । राष्ट्रिय परिचयपत्र तथा नागरिक एपमा उपलब्ध क्यूआर स्क्यान गरेर समेत आवेदन प्रक्रिया अघि बढाउन सकिने व्यवस्था रहेको कार्यालयले जनाएको छ ।
बागमती
‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक : अब मोबाइलमै हेर्न मिल्नेछ गाडीको लोकेसन
काठमाडौं । काठमाडौं उपत्यकामा गुड्ने सार्वजनिक सवारी साधनहरु कुन ठाउँमा छन् । आफूले पर्खिएको ठाउँमा आइ पुग्न…
काउन्टरको लाइन हटाउँदै भरतपुर अस्पताल, अनलाइनबाटै ल्याब रिपोर्ट र ओपीडी टिकट
काठमाडौं । भरतपुर अस्पतालले बिरामीलाई अस्पताल धाइरहनुपर्ने बाध्यता कम गर्न प्रयोगशाला रिपोर्ट अनलाइनबाटै हेर्न…
बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय
काठमाडौं । बागमती प्रदेश सरकारले मन्त्रिपरिषद्का बैठकलाई पूर्ण रूपमा कागजरहित बनाउँदै ‘इ-क्याबिनेट&rsq…
रुटका सार्वजनिक यातायात सेवा पत्ता लगाउन केटीएम पब्लिक ट्रान्सपोर्ट मोबाइल एप्लिकेसन सुरु
काठमाडौं । काठमाडौं उपत्यकामा गुड्ने सार्वजनिक सवारी साधनहरु कुन ठाउँमा छन् । आफूले पर्खिएको ठाउँमा आइ पुग्न…
ट्रक व्यवसायी र सानिमा बैंकबीच सम्झौता : नागढुंगा सुरुङमार्गको शुल्क डिजिटल माध्यमबाट तिर्न सकिने
काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी भइरहेका बेला यसको प्रयोगबापत लाग्ने …
वान एक्स बेट चलाउँदै करोडौंको क्रिप्टो कारोबार, बानेश्वरबाट तीन जना पक्राउ
काठमाडौं । अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौंको बानेश्…
लाइसेन्स प्रणालीमै नयाँ झन्झट : मेडिकलमै सकस, १५० रुपैयाँको शुल्कमा ५०० रुपैयाँ ‘एपोइन्टमेन्ट चार्ज’ माग्दै चिकित्सक
काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ अनलाइन प्रणाली लागू गर्दै सेवा …
उद्योग दर्तादेखि नवीकरणसम्म, बागमतीका १३ जिल्लामा सबै सेवा अनलाइनबाटै
काठमाडौं । बागमती प्रदेश सरकारले उद्योग प्रशासनसम्बन्धी सेवालाई पूर्ण रूपमा डिजिटल बनाउने तयारी गरेको छ । आग…
ललितपुर ३ मा एआई सहायक सेवा सुरु, अब २४ सै घण्टा अनलाइनबाटै गुनासो दर्ता गर्न सकिने
काठमाडौं । ललितपुर महानगरपालिका ३ ले नागरिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै कृत्रिम बौद्धिकता (एआई) सह…
साउन १ देखि समस्याग्रस्त सहकारीविरुद्ध घरमै बसेर अनलाइन उजुरी दर्ता गर्न सकिने
काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारीबाट बचत फिर्ता प्रक्रियालाई थप व्यवस्थित बनाउन १ साउनदेखि अ…
सरकारी कार्यालयमा ‘टिङ टिङ’ : अब २४ सै घण्टा स्मार्टफोनबाटै सेवा
काठमाडौं । सरकारी कार्यालयको नाम सुन्नेबित्तिकै आम मानिसको दिमागमा एउटा चित्र बन्छ– लामो लाइन, झन्झटिल…
उपत्यकाका सार्वजनिक सवारी प्रविधिमैत्री बन्दै, जडान भए क्यामेरा र जिपिएस
काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातलाई सुरक्षित, पारदर्शी र प्रविधिमैत्री बनाउने अभि…
बागमतीको बजेटमा ‘समृद्ध प्रदेश’को खाका : उद्योग, कृषि र डिजिटल क्रान्तिको योजना
काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ६६ अर्ब ९३ करोड रुपैयाँको बजेट सार्व…
बागमती प्रदेशको ६६ अर्बको बजेट सार्वजनिक, पूर्वाधार र उद्यमशीलतामा जोड
काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोडभन्दा बढीको बजेट सार्वजनिक…
ललितपुर महानगरमा ई-चलान सुरु, अब क्यूआर कोडबाटै जरिवाना भुक्तानी गर्न सकिने
काठमाडौं । ललितपुर महानगरपालिकाले सवारी साधन पार्किङ उल्लंघन तथा नगर प्रहरीसम्बन्धी कारबाहीलाई थप व्यवस्थित र…