कीवर्डहरू -

अब मोरू डिजिटल वालेटका प्रयोगकर्ताले फोनपे क्युआर स्क्यान गरेर भुक्तानी गर्न सक्ने

अब मोरू डिजिटल वालेटका प्रयोगकर्ताले फोनपे क्युआर स्क्यान गरेर भुक्तानी गर्न सक्ने

अब मोरू डिजिटल वालेटका प्रयोगकर्ताले फोनपे क्युआर स्क्यान गरेर भुक्तानी गर्न सक्ने भएका छन् । यससँगै अब मोरू डिजिटल वालेटका ५ लाख बढी प्रयोगकर्ताले १४ लाख बढी फोनपे मर्चेन्टलाई क्युआर स्क्यान गरेर भुक्तानी गर्न सक्ने छन् । 

यस सम्बन्धि सम्झौता पत्रमा सोमबार नेपालको सबैभन्दा ठूलो भुक्तानी सेवा प्रणाली सञ्चालक फोनपेका सीईओ दिवस सापकोटा र मोरूका सीईओ श्रीष पौडेलले हस्ताक्षर गरेका हुन् । 

उक्त कार्यक्रममा बोल्दै फोनपेका सीईओ दिवस सापकोटाले मोरू डिजिटल वालेटलाई फोनपेको डिजिटल इकोसिस्टममा जोड्न पाउँदा खुसी लागेको र यसले अझै प्रयोगकर्तालाई सहज र सरल डिजिटल भुक्तानीको विकल्प प्रदान गर्ने बताए ।

यस्तै मोरु डिजिटल वालेटका सीईओ श्रीष पौडेलले यस सहकार्यसँगै फोनपेको वृहत नेटवर्कमा मोरूका प्रयोगकर्ताले सजिलै भुक्तानी गर्न सक्ने बताए ।

फोनपे नेपालको सबैभन्दा ठूलो भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कबाट दैनिक २ अर्ब बढीको कारोबार हुने गरेको छ । 

अहिलेसम्म फोनपेमा ६८ बैंक तथा वित्तीय संस्था आवद्ध भइसकेका छन् ।