कीवर्डहरू -

संस्थाको उत्पादकत्त्व बढाउन सघाउने आईटी कम्पनी : आर्कबो टेक्नोलोजिज (भिडियो)

संस्थाको उत्पादकत्त्व बढाउन सघाउने आईटी कम्पनी : आर्कबो टेक्नोलोजिज (भिडियो)

काठमाडौं । आर्कबो टेक्नोलोजिज नेपालको पिपल डेभलपमेन्ट र अर्गनाइजेसनल क्षमता सुधार्ने दीर्घकालीन रणनीतिक दृष्टिकोणको प्रतिबिम्बको रुपमा अघि आएको छ ।

सन् २०१० देखि प्रविधि क्षेत्रमा सक्रिय रहेर लामो समय काम गरेको अनुभव र नेपालका एक अग्रणी एचआर सफ्टवेयर कम्पनीमा १२ वर्षभन्दा बढीको कार्यकालपछि भूषण गिरीले एउटा महत्त्वपूर्ण निष्कर्ष निकाले जहाँ उनले धेरै संगठनहरूले एचआरलाई केवल प्रशासनिक पक्ष जस्तै अटेन्डेन्स र पेरोलसम्म सीमित गरिरहेको पाए, जबकि एचआरको वास्तविक काम भनेको पिपल रिटेन्सन, पिपल डेभलपमेन्ट र स्ट्राटेजिक डिसिजन मेकिङझस्ता गहिरा पक्षहरू सम्हाल्नु हो ।

विकसित राष्ट्र र केही एमएनसी तथा आइएनजीओहरूले यस्ता क्षेत्रमा प्रगतिशील कदम उठाइसकेका भएपनि स्थानीय बजारमा यस्ता समग्र समाधान अलि कमै पाइन्छन् । यही आवश्यकतालाई मध्यनजर गरी नयाँ प्रविधि र प्रणालीमार्फत समस्याको समाधान गर्ने प्रेरणाले आर्कबो टेक्नोलोजिजको स्थापना भयो ।

null

सन् २०२३ को अन्त्यतिर भूषण गिरी, रवि न्यौपाने र क्षितिज न्यौपानेले मिलेर कम्पनी स्थापना गरे । उनीहरूको स्पष्ट उद्देश्य थियो, संस्थाहरूका दीर्घकालीन रणनीतिलाई दैनिक कार्यसँग जोड्दै, कर्मचारीहरूलाई समग्र रूपमा विकास गर्ने प्लेटफर्म निर्माण गर्नु रहेको थियो ।

विस्तृत अनुसन्धान र आरएण्डडीको क्रमले आर्कबो टोलीलाई एउटा समग्र “पिपल डेभलपमेन्ट प्लेटफर्म” तयार गर्न प्रेरित गर्‍यो । 'विस्तृत एसआरएस (सफ्टवेयर रिक्वायरमेन्ट स्पेसिफिकेसन) दस्तावेज तयार गरी विभिन्न उद्योगका विशेषज्ञहरूसँग प्रोटोटाइपको भ्यालिडेसन गरिएको थियो ।'

विभिन्न क्षेत्रबाट प्राप्त सुझावहरूलाई समेटेर उत्पादनलाई परिमार्जित गरी विकास कार्य अघि बढाइयो । प्रारम्भिक इम्प्लिमेन्टेसन र टेस्टिङको लागि कमर्शियल बैंकहरू, विशेष गरी सिद्धार्थ बैंकले आवश्यक सहयोग गरेका थिए । 'यही बैंक नै आर्कबोको पहिलो क्लाईन्ट हुन् पुग्यो । पछि प्रभु बैंक र सिटिजन बैंकमा पनि परीक्षण र कार्यान्वयन कार्य सम्पन्न भयो ।' भूषण गिरी बताउँछन् ।

एक वाक्यमा आर्कबोलाई परिचय दिनुपर्दा भूषणले भने 'संस्थाको उत्पादकत्व मल्टिप्लाई गर्न र इम्प्लोईलाई स्मार्ट बनाउन आर्कबो नै एउटा सोलुसन हो ।'

आर्कबो टोलीले अन्तर्राष्ट्रिय समाधानहरू महँगो र विभाजित संरचनामा उपलब्ध भएको वास्तविकता हेर्दै, खुला स्रोत एप्लिकेसनहरूलाई एकीकृत गरी एक समग्र अफिस-अटोमेसन प्याकेज तयार गरेको छ । यसलाई आर्क टीम्स (Ark Teams) नाम दिइएको छ र यसमा समावेश प्रमुख मोड्युलहरू यस्ता छन्ः

•    भिडियो कन्फ्रेन्सिङ र इन-हाउस च्याट
•    टास्क तथा प्रोजेक्ट प्लानर
•    कम्पनी-ब्रान्डेड इमेल व्यवस्थापन
•    पासवर्ड म्यानेजर र डिजिटल भल्ट
•    डेभलपमेन्ट टीमहरूको लागि सीआई सीडी पाइपलाइन र कोड मर्ज सुविधा

डेटा व्यवस्थापनको संवेदनशीलताबारे बताउँदै गिरी भन्छन्- 'परम्परागत च्याट र सार्वजनिक सर्भिसको प्रयोग गर्दा डाटा गुम्ने, सुरक्षा जोखिम र ब्रान्ड जोखिमजस्ता समस्या देखा परेका थिए, आर्क टीम्सले यी सबै चुनौतीलाई लक्षित गर्दै सुरक्षित, कम्प्याक्ट र स्केलेबल समाधान प्रस्तुत गर्दछ ।' अहिलेसम्म आर्कबोले लगभग ४०/५० कम्पनीहरूसँग सफल कार्यान्वयन गरेको भूषणको भनाई छ ।

null

कम्पनीको मिशन स्पष्ट छ, आगामी पाँच वर्षभित्र १००० भन्दा बढी एसएमईलाई अटोमेट गरेर तिनीहरूलाई स्केल-अपमा सहयोग पुर्‍याउनु । ठूलो-स्तरका संस्थाहरूसँग काम भइरहँदा पनि प्राथमिक फोकस एसएमई र स्टार्टअपहरूलाई नै दिइएको छ, किनकि यी संरचनाहरू दीर्घकालीन आर्थिक रूपान्तरणमा निर्णायक भूमिका खेल्ने विश्वास छ ।

गिरीका अनुसार 'नेपालको स्टार्टअप-इकोसिस्टममा अवस्थित चुनौतीहरूमा टीम-बिल्डिङको कठिनाइ, पर्याप्त अनुसन्धानको अभाव, वित्तीय सीमान्तता र अन्तर्राष्ट्रिय बजारसम्म पहुँचको कमी प्रमुख छन् ।' राज्यद्वारा उपलब्ध गराइने ऋण तथा सहयोग प्राय: साना आवश्यकताहरू पूरा गर्न सीमित हुन्छन् तर ग्लोबल-स्तरको प्रोडक्ट विकासका लागि थप लगानी आवश्यक हुन्छ । थप रूपमा, ट्रस्ट-डेफिसिट र डेलिभरीसम्बन्धी समस्याहरूले स्टार्टअपहरूको पहिचानमा असर पुर्‍याएको पाइन्छ । यी बाधाहरूलाई पार गर्दै गुणस्तरीय निरन्तर डेलिभरीले मात्र ब्रान्ड र साझेदारीमा बलियो विश्वास निर्माण गर्न सकिन्छ,आर्कबोले यही मार्ग अपनाएको छ ।

आर्कबोले एचआरलाई केवल प्रशासनिक कार्यमा सीमित नगरी, ओकेआर (अबजेक्टिभ एण्ड की रिजल्ट) मा आधारित समाधानमार्फत संस्थाको पाँच वर्षे रणनीतिक लक्ष्यलाई दैनिक स्तरसम्म कर्मचारीको कामसँग जोड्ने प्रयास गरेको छ । साथै अनलाइन परीक्षा मोड्युलमार्फत भर्ती, प्रवर्धन र दक्षता परीक्षण व्यवस्थित गर्ने योजना पनि अघि सारिएको छ ।

डेटा सुरक्षा आर्कबोका लागि प्राथमिकता हो । कम्पनीले जीडीपीआर  पालना गर्दैछ र आईएसओ प्रमाणिकरणका लागि तयारी गरिरहेको छ । निकट भविष्यमा कम्पनीले आफ्नो सास उत्पादनलाई अमेरिका, युरोप र अष्ट्रेलियामा लन्च गर्ने योजना बनाएको छ, जसले नेपालमा बनेका समाधानहरूको अन्तर्राष्ट्रिय प्रस्तुति सशक्त बनाउन मद्दत गर्नेछ ।

गत वर्षआर्कबोले स्टार्टअप आईसिटी अवार्ड २०२५ प्राप्त गरेको थियो । गिरीका अनुसार यसले अन्तर्राष्ट्रिय स्तरमा मान्यता र ब्रान्ड भ्यालिडेसनको रूपमा महत्व राख्छ । यसले नयाँ व्यवसायिक सोधपुछ र हाइरिङ प्रक्रियामा सकारात्मक प्रभाव पारेको छ ।

आर्कबोका संस्थापकहरू स्टार्टअपहरूका लागि बजारको आवश्यकता गहिरोसँग बुझ्न, बलियो तथा विविध-कुशल टीम तयार गर्न, दीर्घकालीन योजना बनाइराख्न र कानुनी तथा अनुपालन पक्षमा समयमै ध्यान दिनु आवश्यक रहेको सल्लाह दिन्छन् । गिरीका अनुसार - 'हतारमा होइन, अनुसन्धान र पुनरावृत्तिमा आधारित कामले दीर्घकालीन स्थायित्व र सफलता सुनिश्चित गर्छ ।'

आर्कबो टेक्नोलोजिजको कथा प्रतिभा, अनुसन्धान र निरन्तरताको कथा हो । संस्थाले देखाउन खोजेको कुरा यो हो कि उचित दृष्टि, समर्थन र धैर्यताका साथ नेपाली समाधानहरू विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्छन् । आर्कबोले संस्थागत उत्पादकत्व बढाउने र कर्मचारीहरूलाई स्मार्ट बनाउने लक्ष्यतर्फ अग्रसरता जनाएको छ, र यसको यात्रा अझै जारी छ ।

null

आर्कबोको कथा एउटा सामान्य स्टार्टअपको कथा मात्र होइन, यो एक दूरदर्शी लक्ष्य, कठिन परिश्रम र विश्वासको कथा हो । उनीहरूको लक्ष्य, अर्गनाइजेसनको उत्पादकत्व गुणा गर्ने र कर्मचारीलाई स्मार्ट बनाउने, केवल प्रविधि उपलब्ध गराउनु मात्र होइन, संगठन र मानिसबीचको सम्बन्धलाई प्रभावकारी बनाउनु हो ।

भूषण र उनका सहकर्मीहरूले देखाएको धैर्य, बृहत् अनुसन्धान र व्यावहारिक समाधान-केन्द्रित दृष्टिले देखाउँछ कि नेपालबाट निस्किएका आइडियाहरू विश्व बजारमा पुग्न सक्छन् । आर्कबोको यात्रा अझै सुरू छ तर उनीहरूको कथा अहिलेको प्रविधि-परिवर्तनमा एक प्रेरणादायी आवाज बनेको छ ।