कीवर्डहरू -

ओपनएआइले नयाँ सर्च इन्जिन सार्वजनिक गर्ने

ओपनएआइले नयाँ सर्च इन्जिन सार्वजनिक गर्ने

ओपनएआईले एआई टेक्नोलोजीको संसारमा एक क्रान्तिको रूपमा उभिएको छ, जसले टेक्नोलोजिकल संसारलाई निरन्तर परिवर्तन गर्दै संगसुधार गर्दैछ । अब ओपनएआईले नयाँ सर्च इन्जिन विकास गर्नेछ । 

कम्पनीले यसै महिना एक कार्यक्रम गर्ने योजना बनाएको एक रिपोर्टमा जानकारी आएको छ । यस कार्यक्रममा केही विशेष घोषणाहरू हुन् सक्छन् । कम्पनीले हाल इभेन्ट विभागा कयौँ मानिसहरुलाई रोजगार दिईरहेको छ र केही ठूला घोषणा गर्न यस्तो गरिएको आशंका गरिएको छ । 

गत महिना मात्र कम्पनीले एक इभेन्ट प्रबन्धकलाई काममा राखेको थियो । बिंग रिपोर्टले ओपनएआईले गुगलसँग प्रतिस्पर्धा गर्न सक्ने वेब सर्च प्रोडक्ट डेभलप गर्दैछ भन्ने संकेत गरेको छ ।

ओपनएआई सीईओ सैम अल्टम्यानले भर्खरको पोडकास्टमा कुनै पनि सर्चमा लर्ड ल्याङ्ग्वेज मोडेल (एलएलएम) को सम्भावनालाई स्वीकार गरे र सर्चलाई सहज रूपमा एकीकृत नगरिएको बताए ।

'मलाई अहिलेको सर्च मोडल बोरिङ लाग्छ । प्रश्न गुगल खोजलाई ’राम्रो’ बनाउने बारेमा हुनु हुँदैन् । यो सूचना खोज, पहुँच र संश्लेषण सुधार गर्ने बारेमा हुनुपर्छ ।'अल्टम्यानले बताए ।