कीवर्डहरू -

स्वास्थ्य बीमामा अब भौतिक कार्ड अनिवार्य नहुने, डिजिटल कार्डबाटै सेवा लिन सकिने

स्वास्थ्य बीमामा अब भौतिक कार्ड अनिवार्य नहुने, डिजिटल कार्डबाटै सेवा लिन सकिने

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमामा आबद्ध नागरिकलाई डिजिटल कार्ड (Digital Card) वा स्वास्थ्य बीमा परिचयपत्रको स्पष्ट विवरण देखिने फोटोका आधारमा स्वास्थ्य सेवा उपलब्ध गराउन सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई आग्रह गरेको छ ।

बोर्डले २०८३ मंसिर ९ गते जारी गरेको सूचनामार्फत स्वास्थ्य बीमामा आबद्ध व्यक्तिले स्वास्थ्य सेवा लिन आउँदा स्वास्थ्य बीमा परिचयपत्रको भौतिक प्रति वा डिजिटल कार्ड अथवा कार्डको विवरण स्पष्ट देखिने फोटो पेस गरेमा सेवा उपलब्ध गराउन निर्देशन दिएको हो ।

बोर्डका अनुसार सेवाग्राहीले पेस गरेको कार्डमा उल्लेखित स्वास्थ्य बीमा नम्बरलाई सम्बन्धित व्यक्तिको दर्ता प्रणालीमा भिडान गरी उनी बीमित भए वा नभएको यकिन गर्नुपर्नेछ । त्यसपछि स्वास्थ्य बीमाअन्तर्गतको सेवा प्रवाह गर्न सकिने सूचनामा उल्लेख छ ।

स्वास्थ्य बीमा परिचयपत्रको भौतिक प्रति साथमा नभएकै कारण बीमित नागरिकलाई स्वास्थ्य बीमाअन्तर्गत प्राप्त हुने सेवाबाट वञ्चित नगर्न पनि बोर्डले अनुरोध गरेको छ ।

बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट तथा प्रवक्ता डा. पवन कुमार साहद्वारा जारी सूचनाले डिजिटल माध्यमबाट स्वास्थ्य बीमा परिचयपत्र प्रयोग गर्ने व्यवस्थालाई सहज बनाउँदै सेवाग्राहीलाई भौतिक कार्ड बोक्नुपर्ने बाध्यताबाट राहत दिने अपेक्षा गरिएको छ ।

null