काठमाडौं । नेपाल सरकारको अर्थ मन्त्रालयले आफ्ना आधिकारिक सूचना, गतिविधि तथा निर्णयहरू आम नागरिकसम्म थप सहज र प्रभावकारी रूपमा पुर्याउन इन्स्टाग्राममार्फत पनि सूचना सार्वजनिक गर्न थालेको छ ।
सामाजिक सञ्जालमा विशेष गरी युवा पुस्ताको बढ्दो उपस्थितिलाई ध्यानमा राख्दै मन्त्रालयले परम्परागत सञ्चार माध्यमसँगै विभिन्न डिजिटल प्लेटफर्मको प्रयोगलाई प्राथमिकता दिएको हो । यसअन्तर्गत मन्त्रालयले आफ्नो आधिकारिक इन्स्टाग्राम खाता सञ्चालनमा ल्याएको जनाएको छ ।
मन्त्रालयका अनुसार इन्स्टाग्राममार्फत बजेट, आर्थिक नीति, राजस्व, मन्त्रालयका गतिविधि तथा महत्वपूर्ण निर्णयसँग सम्बन्धित जानकारी सर्वसाधारणसम्म पुर्याइनेछ ।
डिजिटल माध्यमको प्रयोग बढ्दै गएको अवस्थामा सरकारी सूचना नागरिकले सहज रूपमा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले सामाजिक सञ्जाललाई सूचना प्रवाहको थप माध्यमका रूपमा प्रयोग गर्न थालिएको हो ।
अर्थ मन्त्रालयका आधिकारिक सूचना तथा आर्थिक क्षेत्रसँग सम्बन्धित पछिल्ला अपडेटका लागि मन्त्रालयको आधिकारिक वेबसाइट https://mof.gov.np मा जान सकिनेछ । साथै, मन्त्रालयको आधिकारिक इन्स्टाग्राम खाता https://www.instagram.com/mof_nepal बाट पनि सूचना तथा अपडेट प्राप्त गर्न सकिनेछ ।
सरकारी निकायका सूचना र गतिविधिलाई नागरिकसम्म छिटो, सहज र पहुँचयोग्य ढंगले पुर्याउन सामाजिक सञ्जालको प्रयोग बढाउने क्रमसँगै अर्थ मन्त्रालयको यो पहल आएको हो ।
आईसीटी समाचार