अपडेट
सीईएस (कन्ज्युमर इलेक्ट्रोनिक्स शो) २०१८ का आकर्षणहरु
हरेक बर्षको जनवरीमा अमेरिकाको लास भेगासमा आयोजना हुने कन्ज्युमर इलेक्ट्रोनिक्स (सीईएस) प्रदर्शनी यो वर्ष पनि जनवरीको ७ देखि १२ सम्म चलेको थियो । यस प्रदर्शनीमा विश्वभरका विभिन्न प्रविधि कम्पनीहरूले आ-आफ्ना उत्पादन प्रदर्शन गरेका थिए । विश्वकै ठुलो टेलीभिजन,क्वान्टम कम्प्युटर,अटोनोमस कार तथा अटोनोमस ट्याक्सी लगायत अन्य थुप्रै टेक प्रडक्टहरु उक्त मेलामा मुख्य आकर्षण रहेका थिए ।
एलजीको पट्याउन मिल्ने टिभी
:
यसै क्रममा शोको पहिलो दिन सोमबार दक्षिनण कोरियालि कम्पनि एलजी ले घुमाउरो टिभी सार्बजनिक गरेको थियो । ओएलईडी डिस्प्लेयुक्त यो टिभीले फोरके रिजोलुशन पनि सपोर्ट गर्छ ।
ओएलईडी डिस्प्लेको प्रदर्शन १ वर्षअघि नै एलजीले गरिसकेको थियो । यसपटक भने ६५ इञ्चको डिस्प्ले भएको टिभी प्रदर्शन गरिएको हो । यो टिभीलाई सिलिण्डर आकारमा दोबारेर एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिन्छ ।
टिभीको ओएलईडी डिस्प्ले सिलिण्डर आकारको बक्समा रहेको छ । डिस्प्लेलाई माथितिर सारेर टिभी हेर्न सकिन्छ । प्रयोग नहुँदा टिभीलाई दोबारेर त्यही बक्समा राख्न सकिन्छ । टिभीको मूल्यबारे भने केही पनि बताइएको छैन ।
स्मार्ट कार :
चिनियाँ कम्पनी बायटनले सीईएस २०१८ मा स्मार्ट कार सार्वजनिक गरेको छ । कारमा अनुहार चिनेर ढोका खुल्ने प्रबिधि छ । यसमा चालक यात्रुको सिट अगाडी ठुला स्क्रिन राखिएको छ ।यसलाई चालकले टचस्क्रिनको भरमा नियन्त्रण गर्न सक्नेछन् । भने यो कारको मूल्य ४५ हजार डलर रहेको छ ।
कारले करीब पाँच सेकेण्डमा ६० माइल प्रतिघण्टाको गति लिन सक्ने बताइएको छ । बायटन जर्मन लक्जरी अटो निर्माता कम्पनी बीएमडब्ल्यूका पूर्व कार्यकारीहरूले स्थापना गरेका हुन् ।
सामसुङको वाल टिभी :
सीईएस २०१८ मा कोरियन कम्पनिले सार्बजनिक गरेको १४६ इन्च डिस्प्ले भएको टेलिभिजन हाल सम्मको सबै भन्दा ठुलो स्क्रिन भएको टेलीभिजन हो ।
पहिलो मोडुलर माइक्रो एलईडी प्रबिधिमा आधारित यो टिभीलाइ सामसुङले वाल टिभीको नाम दिएको छ ।
यो टिभीको सबै भन्दा ठुलो विशेषता भनेको यसलाई आफुले चाहेको अनुसारको साइजमा तयार पार्न सकिन्छ । कम्पनिले २०१८ मा उपलब्ध हुने बताएको यो टिभीको मूल्य भने सार्बजनिक गरिएको छैन् ।
अटोनोमस एयर ट्याक्सी:
सीईएस २०१८ मा बेल हेलीकप्टर कम्पनिले अटोनोमस हेलीकप्टर प्रदर्शन गरेको छ । उक्त कम्पनि हेलिकप्टर प्रदर्शन गर्ने पहिलो कम्पनि हो ।
सन् २०२० सम्ममा तयार गरिसकिने भनिएको उक्त हेलिकप्टर पनि अटोनोमस कारहरु झैँ चालक बिहिन रहने छ ।
चार जना मानिस अटाएर उड्न सक्ने क्षमता रहने उक्त एयर ट्याक्सीको निर्माणका लागि उबर कम्पनिले बेल कम्पनि सँग साझेदारी गर्ने बताईएको छ ।
अपडेट
नया दिल्लीमा सार्बजनिक भयो सगुनको मोबाइल एप
नेपालीले बनाएको सगुनको बहुप्रतिक्षित मोबाइल एप् सार्बजनिक गरिएको छ। बलिउडक स्टार श्रद्धा कपूरले भव्य कार्यक्रमका बीच सगुनको एप सा…
ओपो ‘मेरी क्रिसमस सेल्फी कन्टेष्ट’का विजेताहरु पुरस्कृत
ओपोले सन् २०१७को क्रिसमसका अवसरमा आयोजित ‘मेरी क्रिसमस सेल्फी कन्टेष्ट’का विजेताहरु लाई पुरस्कार हस्तान्तरण गरेको छ । काठमाडौंको कमलपोखरी स्थित …
काठमाडौँमा नेपाल स्कुल अन इन्टरनेट गभर्ननेन्स \'एनपीएसआइजी\' आयोजना हुँदै
नेपाल इन्टरनेट गभर्ननेन्स फोरमको पहिलो संस्करणको सफलता पुर्वक संचालन पछि इन्टरनेट सोसाइटि नेपालले बिभिन्न संस्थाहरुसँगको सहकार्यमा ' न…
बुटवलमा फागुन २ गतेदेखि सातौ संस्करणको इन्फोटेक आयोजना हुने
क्यान महासंघ रुपन्देही शाखाले यस वर्ष आगामी मिती २०७४ फाल्गुण २ गते देखि ६ गते (तदनुसार सन् २०१८ फेब्रुअरी १४ देखि १८) सम्म बुटवल स्थित प्रदर्शनी स्थल…
सामसङ्गका ग्राहकहरुका लागि कुकिङ क्लास र सामसङ्गका उत्पादन बारे तालिम
सामसङ्गको आधिकारीक वितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि.द्वारा नेपाली ग्राहकहरुका लागि–माइक्रोवेभ ओभन कुकिङ क्लास आयोजना गरियो । साथै उक्त दिन नै सा…
जावलाखेलमा वल्र्डलिंकसंगै अंग्रेजी नया वर्ष २०१८ को भव्य स्वागत
काठमाडौं– ‘छिटो भनेकै वल्र्डलिंक’ लाखौं इन्टरनेट पारखीहरुले द्रुत गतिको इन्टरनेटको र्पयाय बनेको वल्र्डलिंकको आयोजनामा शनिबार अंगे्रजी नया…
आइफोन बन्यो २०१७ को सर्बाधिक विक्री भएको टेक प्रोडक्ट
यूएसए टुडेले सार्वजनिक गरेको रिपोर्ट अनुसार आइफोनले यस बर्ष पनि आफूलाई २०१७ को सर्वाधिक विक्रि भएको टेक प्रोडक्टका रुपम…