कीवर्डहरू -

अपडेट

ईजी मोबाइलले ल्यायो स्क्रीनको एस्यूरेन्स सेवा

मोबाइल ग्राहकहरुको माझमा विश्वासिलो र भरपर्दो नाम कमाएको ईजी मोबाइल केयर प्रा.लि.ले मोबाइल प्रयोगकर्ताहरुको मागलाई ध्यानमा राखेर ईजी सर्भिस अन्तरगत मोबाइलको स्क्रीनको एस्यूरेन्स सेवा सार्वजनिक गरेको छ ।

ईजी सर्भिसले एसुरेन्स सेवा अन्तरगत नेपालमा नै पहिलो पटक स्मार्टफोनहरुको डिस्प्ले ÷ स्क्रीन फुटे बापत फुटेको डिस्प्ले निशुल्करुपमा फेरिदिने योजना सार्वजनिक गरेको हो ।

यो योजनामा मोबाइल फोन ग्राहकहरुले कुनैपनि ब्राण्डको मोबाइलको डिस्प्लेको एसुरेन्स सेवा ईजी सर्भिस र ईजी सर्भिसको आधिकारिक सेवा प्रदायकबाट गराउन सक्नेछन् । यस्तो सेवा नयाँ मोबाइल किनेको एक महिना भित्र सुचारु गरिसक्नुपर्नेछ साथै कम्पनीले आगामी दिनहरुमा पूराना मोबाइल फोनहरुमा पनि यो योजना ल्याउने तयारी गरेको छ ।

यो सेवा लिईसकेपछि ग्राहकहरुको फोनको डिस्प्ले फुटेमा (मोबाइल डिस्प्ले ब्रेकेज) एक पटकका लागि कम्पनीले निशुल्करुपमा फेरिदिने छ ।

मोबाइल फोन ग्राहकहरुले यसको लागि आफ्नो व्यक्तिगत विबरणसहितको फर्म भरेर तुरुन्तै सो सेवा लिनसक्ने छन् । सो सेवा लिएको १ वर्षभित्र ग्राहकहरुको मोबाइल फोनको डिस्प्ले फुटेमा कम्पनीले निशुल्करुपमा फेरिदिनेछ ।

ईजी मोबाइल केयर प्रा.लि.का अध्यक्ष संजित पौडेल ले ग्राहकहरुले महंगो स्मार्टफोन खरिद गरेपनि त्यसको डिस्प्ले दूर्घटनाबस फुट्ने समस्याहरु निकै भोगिरहेको हुँदा त्यसलाई समाधान गर्न नेपालमा नै पहिलो पटक यो योजना ल्याएको बताउनुभयो ।

हामीकहाँ स्मार्टफोन मर्मत गर्न आउने अधिकांश मोबाइल फोन प्रयोगकर्ताहरुले डिस्प्ले फुटेको समस्या हुने गरेको छ , डिस्प्ले फेर्न निकै महंगो खर्च तिर्नुपर्ने हुन्छ , एस्यूरेन्स सेवा लिने ग्राहकहरुको मोबाइल डिस्प्ले निशुल्क फेरिदिनेछौं ,’ अध्यक्ष पौडेलले भन्नुभयो ।

मोबाइल डिस्प्ले ब्रेकेजको लागि मात्र हाल यो सुविधा उपलब्ध रहेको छ , जसमा कुनैपनि प्रकारले फुटेको मोबाइलको डिस्प्ले निशुल्क फेरिनेछ ।

कम्पनीले आगामी दिनमा पानीमा परेर मोबाइल बिग्रने समस्या तथा हराएको वा चोरी भएका मोबाइल फोनहरुको लागि समेत एस्यूरेन्स योजना ल्याउने तयारी गरेको छ । यो सेवा कुनैपनि ब्राण्डका स्मार्टफोन प्रयोगकर्ताहरुको लागि उपलब्ध हुनेछ ।

नेपालमा मोबाइल सर्भिस तथा बिक्रीमा ख्याति कमाएको यस कम्पनीले यो सेवा हाल काठमाडौं उपत्यकाका लागि शुरु गरीसकेको छ भने आगामी दिनमा देशैभर लैजाने योजना लिएको छ । ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै शुल्क नलाग्ने टोल फ्री नम्बर १६६००१२२९९९ पनि उपलब्ध गराएको छ ।

अपडेट

काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिभल हुने

काठमाडौं – नेपालमै पहिलो पटक काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिभल हुने भएको छ । फेस्टिभलमा सवारी तथा सडक दुर्घटनासँग सम्बन्धित फिल्महरु प्रदर्शन गरिने छ…

ओपोको रियलमी १ अब चाँडै नेपाली बजारमा

इन्टरनेट सोसाइटी नेपाल च्याप्टर (आइसक नेपाल)मा सन्तोष सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । काठमाड…

माउण्ट अन्नपूर्ण क्याम्पसमा वर्डप्रेस सम्बन्धि कार्यशाला

वर्डप्रेस पोखराको आयोजनामा वर्डप्रेस तथा ब्लगिङ्ग सम्बन्धि एक दिवसीय कार्यशाला माउण्ट अन्नपूर्ण क्याम्पस फूलबारी पोखरामा बिहीबार सम्पन्न भयो ।
कार्यशालामा व…