अपडेट
इटहरी क्यान इन्फोटेक मेलामा बिश्वकै सानो मोबाइल प्रदर्शनमा राखिने
इटहरी र सुनसरीको इटहरीमा आगामी फागुन २३ गते देखि हुन गइरहेको प्रदेश स्तरीय हिक भिजन क्यान इन्फोटक मेलामा बिश्वकै सानो मोबाइल प्रदर्शनमा राखिने भएको छ ।
विश्वभर प्रयोगमा ल्याईएका सूचना प्रविधिका अत्याधुनिक प्रविधिहरूका विषयमा सर्वसाधारण उपभोक्ता लगायत विद्यार्थीइहरुलाई सूचना प्रविधिका विषयमा जानकारी दिने उद्देश्यले सञ्चालन हुन लागेको मेलामा बिश्वकै सबैभन्दा सानो मोबाइल प्रदर्शनीमा राखिने भएको हो ।
आन्तरिक तथा बाहिय पर्यटकहरूलार्इ पुराना प्रविधिहरूको संरक्षण र त्यसको फाइदाबारे ज्ञान दिन उक्त मोबाइल प्रदर्शनमा राख्न लागिएको क्यान महासंघ सुनसरीका अध्यक्ष बलराम भण्डारीले बताए । इटहरीको जनता निम्न माविको खेल मैदानमा हुन क्यान इन्फोटेक मेलामा जम्मा १ सय २८ स्टलहरू रहने जसमा ८० प्रतिशत स्टलहरू बुकिङ भइसकेको र थप तयारी तिब्र पारिएको मेला संयोजक सन्देश रार्इले बताए ।
मेलामा एसोसिएट स्पोन्सर डिजिकम रहेको छ भने प्ल्याटनियम स्पोनसरमा बारकोड नेपाल , इटहरी इन्टरनेश्नल कलेज , गोल्ड स्पोन्सरमा ओलि एण्ड एसोसिएटस , सिल्बर स्पोन्सरमा टेक्नोस लगायत रहेको क्यान सुनसरीले जनाएको छ
अपडेट
पोखरामा डिजिकम क्यान इन्फोटेक : कसले के भन्छन् ?
प्रविधिलाई स्थानीयस्तारमा विस्तार गर्न क्यान इन्फोटेकले सहयोग गरेको छ
सुरु भयाे सुन्दर नगरी पोखरामा \'डिजिकम क्यान इन्फोटेक २०१८\'
कम्प्युटर एशोसिएशन नेपाल महासंघ कास्की शाखाको आयोजनामा पोखरामा नवौं संस्करणको ‘डिजिकम क्यान इन्फोटेक मेला २०११८ इन एशोस…
चितवनमा सुरु भयो तेस्रो संस्करणको डिजिकम क्यान इन्फोटेक
कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) चितवन शाखाको आयोजनामा आजदेखि तेस्रो संस्करणको डिजिकम क्यान इन्फोटेक २०१८ इन एशोसिएसन विथ अक्सफोर्ड कलेज सुरु भएको छ…