कीवर्डहरू -

एप्पलको नयाँ एआई फिचरले शर्टकट्स एपलाई बनायो अझ सहज

एप्पलको नयाँ एआई फिचरले शर्टकट्स एपलाई बनायो अझ सहज

काठमाडौं । एप्पलले आईओएस २७ मा शर्टकट्स (Shortcuts) एपका लागि नयाँ एआई सुविधा सार्वजनिक गरेको छ । अब प्रयोगकर्ताले जटिल चरणहरू मिलाएर वर्कफ्लो (Workflow) बनाउनुपर्ने छैन । बरु आफूले गर्न चाहेको काम साधारण भाषामा लेखेर वर्णन गरे पुग्नेछ ।

एआईले त्यसैका आधारमा आवश्यक शर्टकट्स वा अटोमेसन (Automation) स्वत: तयार गरिदिनेछ । यसअघि मुख्यत: प्राविधिक तथा पावर युजरहरूका लागि उपयोगी मानिएको शर्टकट्स एप अब सामान्य प्रयोगकर्ताका लागि पनि धेरै सहज बन्ने अपेक्षा गरिएको छ ।

यो नयाँ फिचर एप्पल इन्टेलिजेन्स (Apple Intelligence) द्वारा सञ्चालित छ, जसले प्राकृतिक भाषामा दिइएको वर्णनको अर्थ बुझेर आवश्यक चरणहरू स्वत: तयार गर्न मद्दत गर्छ । एआई अपडेटसँगै शर्टकट्स एप अझ सरल र प्रयोगमैत्री बन्नेछ । अब प्रयोगकर्ताले सही app action वा variables खोज्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन् । 

अटोमेसन बनाउन चरण–चरण प्रक्रिया बुझ्नुपर्ने आवश्यकता पनि रहने छैन । प्रयोगकर्ताले केवल आफ्नो आवश्यकता अनुसार लेखिदिए पुग्नेछ, र शर्टकट्सले आवश्यक system तथा app actions आफैं जोडेर अटोमेसन तयार गर्नेछ ।

उदाहरणका लागि, प्रयोगकर्ताले कामबाट निस्कँदा स्वत: चल्ने अटोमेसन बनाउन सक्छन् । यसले सेव गरिएको ठेगाना प्रयोग गरी Apple Maps बाट अनुमानित यात्रा समय (ETA) गणना गर्नेछ र Messages मार्फत सम्बन्धित व्यक्तिलाई सूचना पठाउनेछ । एप्पलका अनुसार शर्टकट्स एपको यो नयाँ संस्करण आईओएस २७ सँगै यस वर्षको शरद ऋतु (Autumn) मा उपलब्ध हुनेछ ।